Thursday 22nd January 2026

मुस्ताङमा बाढीले चलचित्र ‘एक्लो’ को सेट बगायो

काठमाडौं- चलचित्र ‘एक्लो’ को अपर मुस्ताङमा बनेको सेटलाई बाढीले क्षति पुर्‍याएको छ ।

गत महिना काठमाडौंमा शुभमुहूर्त गरेर ललितपुरको च्यासलमा केही दृश्य छायाङ्कन गरिएको थियो । त्यसपछि निर्माण टिम छायांकनको लागी मुस्ताङ पुगेको थियो ।

भदौ महिनाभरी काठमाडौँमा पहिलो चरणको छायांकन सकेर एक्लो टोली मुस्ताङ पुगेको थियो । तर, बाढीले सेट बगाएपछि छायांकन रोकिएको निर्माण पक्षले जनाएको छ । 

प्रदिप शाहीले निर्देशन गरिरहेको यस चलचित्रमा प्रदिप खड्का, हलिउड अभिनेता ज्यामी वेकम, बेनिशा हमाल, विजय लामा, सुनिल थापा, दिया पुन, दिनेश डिसी, सुरजसिंह ठकुरी, कविता नेपाली लगायतको अभिनय छ । 

साइन्स-फिक्शन जनरामा बन्न लागेको यस चलचित्रमा करिब चार करोडभन्दा बढी लगानी गरिएको बताइन्छ । तर, बाढीले सेट बगाएपछि लगानी थप बढ्ने निश्चित भएको छ ।

प्रदीप शाहीको निर्देशनमा निर्माण भई रहेको चलचित्रलाई बाबु श्रेष्ठले छायांकन गरिरहेका छन्। चलचित्र ’एक्लो’ का निर्माता राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, संगिता वादी श्रेष्ठ ,भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् । यो चलचित्रमा राजु तामाङको द्वन्द्व निर्देशन, सेट डिजाइनरमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा तथा प्रोडक्सन डिजाइनरमा प्रेम खड्का र सुवराज कार्की रहेका छन् ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...