Thursday 22nd January 2026
थारू महिलाहरूले हर्षोल्लासका साथ मनाए जितिया पर्व
चितवन– मैथिल र थारु समुदायका महिलाले विशेष रुपमा मनाउने जितिया पर्व काठमाडौंमा पनि मनाइएको छ ।
काठमाडौंमा बसोबास गर्दै आएका थारु समूदायले काठमाडौंमा मूल आयोजक समिति बनाएरै जितिया पर्व मनाएका हुन् । थारु महिला सभा, काठमाडौं उपत्यका कार्यसमितिले आयोजना गरेको कार्यक्रममा विशेष पूजाआजा गरिएको थियो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जितिया पर्वको शुभकामना दिदै आफ्ना अधिकार स्थापीतका लागि एकीकृत हुन आग्रह गर्नुभयो ।
तराई–मधेसका आमाहरुले निर्जल÷निराहार उपवास बसी आफ्ना सन्तानको सुख, शान्ति, दीर्घायु एवम् प्रगतिको कामना गर्छन् । यो पर्वका बर्तालु आमाले विशेषगरी आफ्ना सन्तानको कल्याणको कामनासहित उपवास गर्ने परम्परा रहेको छ । आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिनसम्म श्रद्धापूर्वक मनाउने परम्परा छ ।
वनस्पतिबाट प्राप्त हुने केराको पात, घिरौँलाको पात, तोरीको पिना, चिनी÷सखर, भिजाएको केराउ, दही–च्युरा, कम्तीमा पाँच प्रकारका फलफूललगायत सामग्री पूजामा प्रयोग गरिन्छ ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
