अर्जुनले प्रश्नगरिराखेका छन की हे कृष्ण हजुरले कहिले कर्मसन्यास योग राम्रो हो भन्नु हुन्छ त कहिले कर्मयोग राम्रो हो भन्नु हुन्छ । हजुका कुराले मेरो मन भ्रमित भएको छ । अव निष्चय गरेर मलाई एकमात्र त्यस्तो कल्याणकारी मार्ग वताउनुहोस जसले मेरो कल्याण गरोस् ।
श्रीकृष्ण भगवान अध्याय चारमा पनि अर्जुनलाई धेरै कुरा वताइसक्नु भएको छ भगवान कृष्णले भगवत वचनहरु ऋाफ्नो आन्तरीक करुणा वाट वर्षाइसक्नु भएको छ तर पनि अर्जुनको संसय मेटीएको छैन । उनको मनमा प्रश्नका लहरहरु फुटीराखेका छन् । अर्जुनका मात्रै हैन हाम्रा मनमा पनि यस्तै प्रश्नहरुका लाइनलागिराखेका छन के हामीले ति सबै प्रश्नका उत्तर पाएका छौ त ? उत्तर पाउनु त टाडाको कुरा हामी त नयाँ प्रश्नहरुको श्रृङ्खलाहरुमा पुराना प्रश्न पुरिदै गएर भुलिराखेका छौं । नयाँ प्रश्नको ठेलीमा पुराना प्रश्नका ठेलीहरु पुरिदै गएका छन र हामीले कुनै पनि प्रश्नको उत्तर पाएका छैनौं । यस्तै गरी अर्जुनको मनमा पनि प्रश्नहरु उठ्ने क्रम जारी छ । अर्जुनलाई यो प्रश्न उठनु स्वभाविक पनि हो । घरी यो ठिक हो भननु हुन्छ त घरी त्यो ठिक हो भननु हुन्छ हजुरका यी कुराले म विखलवन्धनमा परेको छु प्रभु यी कुराहरुले मलाई अझ वढी झुक्याएका छन् । त्यसैले म अव एक मात्र त्यो उपाए सुनन चहान्छु जस्ले मेरो सर्वथा कल्याण नै गरोस । वास्तवमा भन्ने हो भने गुरु चेलाको तात्वीक सम्वन्ध बुझ्ने हो भने शिष्य स्वयं एक समस्या या प्रश्न हो र गुरु त्यसको समाधान अर्थात उत्तर हो । तर यहाँ अर्जुन त्यसकिसिमका शिष्य भैनसकेको पनि देखिन्छ र गहिरो गएर हेर्ने हो भने अर्जुन गुरु संग केहि आशा राखिराखेका छन कि गुरुले मेरोलागि त्यस्तो एक उपाए वताइदिए म सारा झनझटवाट मुक्त हुने थिए भनेर प्रश्न गरिराखेका छन् ।उनि भनिराखेका छन की मलाई यो पनि ठिक त्यो पनि ठिक होइन की अव यो नै त गर भनेर वताईदिनुस । आजको भाषामा भन्ने हो भने फास्ट फुड तयार पारेर राखिएको खाना जुन खोल्ने कित्तीकै खाइहाल्न पाइयो । अर्जुन पनि तयारी उपाए खोजिराखेका छन की गूरु वताइदियोस र म त्यस समस्यावाट मुक्त भैहालौं । यस्तो परिस्थितिमा त वास्तवमा शिष्यको के काम भयो त जव गुरुले सबै तयार पारीदिए पछि यहीनिर जिवनका सारा समस्या आइपर्छन की हामी सबै पनि वनिबनाउ उत्तर चाहान्छौ जीवनमा बनि वनाउ उत्तर हुदैन । मैले जुन समाधान वाहिरवाट पाउँछु त्यो मेरो जीवनको अंग वन्न सक्छ त ? यसरी पाएको प्रश्नको उत्तर रुपी समाधानले उसको जीवनको परिवर्तन गर्दछ त ? जीवन अत्यन्त जटील छ जीवनमा उठेका यस्ता प्रश्नहरुको उत्तर वा समाधान आफ्रै मरी मेटेर खोज्नु पर्दछ । जीवनमा वाहिरवाट कुनै प्रश्नको उत्तर आउन सक्दैन । २ र २ कती हुन्छ भन्दा ४ भन्नु यो वाहिरी उत्तर हो । कुनै अर्कोले मलाइ सोध्यो भने म चार भनिदिन्छु । यो भौतिक संसारमा वाहिरवाट सुनेर सिकेको उत्तर हो । तर जीवनका् मनोविज्ञान यती सजीलो छैन यो त धेरै गहिरो छ त्यसमा पनि भावना र चेतनको विज्ञान त अझ यती गहिरो छ की वनिवनाउ उत्तरखोज्ने ब्यक्ति जीवनमा कहिल्यै पनि उत्तर पाउन सक्दैन । यहाँ अर्को पनि महत्वपूर्ण कुरा छ की अर्जुन राग र द्वेषवाट प्रेरित थिए ।
भगवान कृष्णले अध्याय २ मा सांख्य योगको वारेमा वताउनु भयो । अध्याय तिन भरी कर्मयोग को कुरा गर्नु भयो र अध्याय चार भरी ज्ञानयोगको कुरा गर्नुभयो । यी सबै मध्य म कुन चाहीँ वाटो हिडुं त भनेर प्रश्न गरेका छन । यसरी प्रश्न गर्ने अर्जुन आफुनै भित्रवाट डराईराखेका छन कम्पीत भएका छन आफुमै भरोसा छैन आत्म विश्वास रत्तिभर पनि छैन र जहाँ विश्वास नै छैन भने त्याँहा भगवान श्रीकृष्णको उत्तर ले पनि के गर्न सक्ला र । आत्म विश्वास जीवनको आन्तिरीक जग हो । ब्यक्तिको ब्यक्तित्वको पृष्ठभुमी हो । त्यो आत्मविश्वास खलबलिएको अवस्थामा वाहिर वाट जतिसुकै ठुलो उत्तर आएपनि त्यो उत्तर त्याँहा जमेर वस्न सक्दैन वा जीवन परिवर्तन गर्न त्यो उत्तर सक्षम हुदैन । त्यसकारणले गुरुवाटनै सबैकुराको अपेक्षा राख्नु हुँदैन । गूरुले त विकल्प दिन सक्छ । गुरुको काम हो वातावरण दिने । गुरु भन्न सक्नुहुन्छ की म एउटा पोखरीहो पौडी खेल्नेकाम तिम्रो हो । पोखरी पनि गुरुनै वनिदिने र पौडीपनि उसलाई नै खेलीदे भन्ने त्यसो हो भने दुइजनाको खाँचोनै रहदैन की त तपाई मात्रै की त गूरुमात्रै भए पनि भैगयो । भगवान कृष्ण सोच्दैहुनुहुन्छ की यति सबै कुरा वताउदा पनि अर्जुन अझ प्रश्नहरुगरीराखेको छ फेरी सोच्नुहुन्छ आखीर शिष्य गरोसपनि के नखुल्ने शिष्य भन्दा त खुल्नेशिष्य नै वेस । नसोधिएको प्रश्न भन्दा त सोधिएको प्रश्न नै ठिक । हामी आफ्नो दैनिक दिनचर्यालाई अवलोकन गरेर हेरौं हाम्रो मनमा कति प्रश्नहरु उठछन जव गुरुको समिपमा जान्छौं तव सबै प्रश्नहरु भागिहाल्छन कता जान्छन कता । यो किन हुन्छ त भन्दा गूरु एउटा वातावरण हो , गूरुएउटा माहोल हो, गूरु एउटा परिस्थिती हो र गूरु एउटा पर्यावरण हो यस्तो पर्यावरण जुन पर्यावरणमा हामीलाई आफ्नो जीवनको अन्तिम लक्ष खोज्न सजिलो हुन्छ । गूरुले हामीलाई सत्यतिर संकेत गदैछ । सत्य पनि प्रत्यक ब्यक्तिका लागि फरक फरक हुन्छ । आफ्नो ब्यक्तित्व अनुसार प्रतित हुने गर्दछन । त्यस्तो सत्यको संकेत पाएपछि शिष्य प्रत्येक दिन प्रत्येक पल त्यो वाटोमा हिड्नु पर्दछ । त्यसकारणले त्यस्ता गूरुहरु वाट वाच्नु पर्दछ जस्ले वनिवनाउ उत्तर दिन्छन् र भन्छन वस तिमी सुरु गर मुक्ति त शुनिश्चित छ । वनिवनाउ केहिपनि हुदैन आफुनै खोजिगर्नु पर्दछ । आफैले दुख कमाउने अनि सुख गूरु संग माग्ने ? आजका दिन सम्म दुखको कमाई आफै गरेको हो त्यहि दुःखले सारा मष्तिस्क भरीएको हुन्छ । गूरुले त मार्ग दर्शन मात्र गर्ने हो । त्यस कारणले आध्यात्ममा गूरुले के गर्ने हो र के गर्न सक्छ के गर्न सक्दैन भन्ने कुरा थाहा पाइराख्नु अत्यन्त आवश्यक हुनजान्छ । गूरुले यदि उत्तर खोजीनैदियो भने पनि त्यो क्षणीक हुन्छ । जस्तो की अध्याय ११ मा भगवान कृष्णले अर्जुनलाई विष्वरुप देखाउनु हुन्छ अर्जुन भन्छन प्रभु यो म हेर्न सक्षम छैन भगवान वनीवनाउ उत्तर दिदैहुनुहुन्छ तर अर्जुन त्यसलाई हेर्न असक्षम छन । तर पनि अर्जुनका प्रश्नहरु आफ्नो ठाँउमा ठिक छन् कर्म लाई चटक्क छाडेर अध्यात्मको वाटो हिंडनु ठिक की कर्मलाई पनि संगसंगै लिएर अध्यात्मको वाटो हिंडनु ठिक ।
हामी दुई किसिमका विचारहरु सुन्न पाउँछौ कोही भन्छन की काम हुन्छ की राम हुन्छ दुवै एर्क चोटी कहाँ हुन्छ त कतिपय मान्छेहरुभन्छन त्यो काम पनि के कामजसमा राम हुदैन भने । यो द्वन्द्व अर्जुनको मात्र होइन हामीले पनि आफ्नो जीवनमा हेर्यौ भनेहामी प्रत्येकको जीवनको द्वन्द्व हो । कर्म र धर्मलाई संर्ग लैजान खोज्दा खेरी हामी वारम्वार चिप्लीएका छौ त्यसैले हामी सवै यो सोच्दछौ की कर्म र धर्म संगै जान सक्दैन की ? अरुवाट पाएको उत्तरले विश्वास पैदा गर्छ र विश्वास आध्यात्ममा एक धोखा हो धर्म विश्वास होइन धर्म त श्रद्धा हो । जहाँ विश्वासअविश्वासमा परिणतहुन सक्दैन त्यसलाई नै श्रद्धा भनिन्छ । कुनै पनि चिज आफ्र स्वयं आर्जन गर्यो भने त्यो श्रद्धा हुन्छ । अरुवाट त्यो प्राप्त गर्यो भने त्यो विश्वास हुन्छ । भगवान कृष्ण विश्वासका पक्षपोषक हुनुहुन्न । भगवान कृष्ण त श्रद्धाका पक्षपोषक हुनुहुन्छ । अव अगाडी हामी श्रद्धाको चर्चा गर्दछौं ।
दोश्रो स्लोकमा भगवान भन्नुहुन्छ सन्यास या सांख्य योग र कर्मयोग यी दुबै श्रेयष्कर छन तर यी दुई मध्य कर्म योग नै विशिष्ट छ अर्थात कर्मलाई चटक्क छोड्नु भन्दा कर्मलाई नै साधना वनाउनु वढी श्रेयस्कर छ । भगवानकृष्ण र अर्जुनको विचमा जुन वार्तालाप चलेको छ यो एक महत्वपूर्ण विन्दुमा पुगेको छ । अर्जुन त त्याग रुपी वाटो हिड्न चाहान्थ्ये र यो यूद्धवाट छुटकारा चाहान्थ्ये । उनि रक्तको खोला वगाउनु नपरोस भन्ने चाहन्थ्य तर एक्लै भाग्यो भने त कायर भन्छन, भगोडा भन्छन , रणछोडदास भन्छन । यहाँ हामी भगवान कृष्णको मनो विज्ञान लाई हामीध्यान दिएर हेरौं त उहाँले देख्नुभयो की अर्जुन भाग्न खोज्दै छ र भाग्नु त अत्यन्तै अधार्मीक कार्य हो ।
आफ्नो जीवनको जीम्वेवारीवाट भाग्नु ठुलो पाप हो । त्यसैले भगवानले सोच्नुभयो की म यसलाई भाग्न दिन्न उहाँले मनोबैज्ञानिक तरीकाले अर्जुनको भाग्ने वाटोवन्द गरीदिनु हुन्छ भन्नु हुन्छ अर्जुन हेर दुबै मार्ग राम्रा छन तर तिमी विचार गर की विषिष्ट चाही कर्म योग नै छ । यहाँ चारवटा प्रमुखकारण छन जस्ले गर्दा भगवान कृष्ण अर्जुनलाई कर्मयोगमा धकेल्दै हुनुहुन्छ । हामीले आफुलाई अर्जुनको ठाँउमा राखेर यी चार कारण हरु बुभ्m्ने प्रयास गरौं । पहिलो त अर्जुन राग र द्वेष वाट पे्ररित छन । अर्जुनको मनस्थिती सफा छैन उनि त राज्य चाहिएर राज्यको प्राप्तिको रागले युद्धमा गएका थिए युद्धमा आफन्तजन नभएर सबै परपरका भएको भए त गाजर मुला काटेझै सकैलाई पनि वाँकी राख्दैनथ्ये कीन भन्दा उनलाई वाँण चलाउन कुनै आइतवार नै थिएन उनको कामनै बाँण चलाउने थियो उनले जीवनमा बाँण चलाउने वाहेक कुनै कार्यनै गरेका थिएनन् । उनको जीवन नै गाण्डीव थियो उनको ब्यक्तित्व नै युद्धको ब्यक्तित्व थियो , शिपाहिको ब्यक्तित्व थियो , योद्धा अर्थात क्षत्रियको ब्यक्तित्व थियो । तर अहिले भाग्न किन खोजिराखेका छन पहिला त रागवाट प्रेरित भएर युद्ध गर्न तयार भएर आए मैदानमा जवआफन्तलाई देखे तव बैराग जन्मियो । यी राग र बैराग दुवै अस्थाइ हुन्छन । हामीलाइपनि कहिलेकाहीँ हुन्छ नी यो सबै थोक चटक्क छाडेर कतै गएर एकान्तमा वसौ जस्तो कति काम गर्नेवाक्क भैसक्यो भनेर भनिन्छ अर्जुनलाई पनि आफन्त देखेपछि त्यस्तै खिन्न र दिक्क भएर उनले म युद्ध गर्दिन भने तर यो बुझ्न जरुरी छ की त्यो विचार विवेक वाट आएको होइन यो त एकछिनको वैरागवाट आएको निर्णय हो , द्वेष वाट आएको निर्णय हो ।
यो राग र द्वेष दुबै चिजका कारणले गरेका निर्णयहरुले जीवनमा विकास ल्याउदैनन् । त्यहि राग र द्वेष वोकेको मान्छे युद्धवाट भाग्न खोजीराखेको छ । अव यो राग र द्वेष बोकेको मान्छे युद्धवाट जव भाग्दछ दौडीराखेका ति खुट्टाहरुमा राग र द्वेष संगै वोकेर लैजान्छ । जव भगवान कृष्णले देख्नु भयो की उ जहाँ गए पनि त्यो राग र द्वेष त वाँकीनै जाने भयो यसको निर्जरा त कर्ममै हुन्छ भनेर श्रीकृष्णले अर्जुनलाई भाग्न वाट रोक्दै हुनुहुन्छ पहिलो कारण यहि हो । दोश्रो कारण अर्जुन त्यागका कुरा गरिराखेका छन भन्दैछन भगवान म यो राज्य यो बैभव यो धन सम्पत्ति केहि पनि मलाई चाहिएन , यस्ता तर्क र कुतर्कहरु गरिराखेका छन् । जीवनमाअगाडी आएका समस्याहरुलाई भविष्यतिर धकेल्दै छन , टार्न खोज्दैछन र समस्यालाई टार्न खोज्यो भने ती टर्नु भन्दा अझ वढेर जमन्छन । रात आयो वत्ति वाल्यो अहो कस्तोआनन्द कुनै डर नै छैन तर वत्ति निभ्यो डर जस्ताको तस्तै वत्ति वालेर अन्धकार भगाउनु भन्दा त मन भित्रको हिम्मत जगाएर अन्धकार भगाउनु राम्रो हुन्थ्यो होला नी त्यसैले समस्या टारेर टर्दैन । त्यसले त भित्र भित्रै वच्चा वच्चि पनि कोरल्न थाल्छ र समस्या भलन विकराल भएर जान्छ । त्यसैले भगवान कृष्णले अर्जुनलाई भाग्न दिनु भएन र भन्नु भयो कर्मयोग नै ठिक छ । तेश्रो कारण अर्जुनले त्याँहा वाट म जान्छु कीन भने त भन्दा ब्यक्तिगत स्वार्थले प्रेरित भएर लोकको कल्याणलाई उनले वास्तै गरेनन् । कोहि पनिमान्छे तनावको घडीमा आफ्नो मात्रै हित खोज्दछ त्यो पनि दिर्घकालिन हित नभएर तत्कालिन हित खोज्दछ । यसरी स्वार्थवाट प्रेरित कर्म भएकोले भगवानभन्दैहुनुहुन्छ की अर्जुन कर्म योगनै थिक छ भनेर भन्नुभएको छ । चौथो कारण हो जुज कारण को वारेमा हामी वारवार चर्चा गर्नु गर्दछौं की अर्जुन क्षत्रिय हुन् । आजको अवस्थामा हेर्ने हो भने सबै मध्य ९० प्रतिसत मान्छेहरु अर्जुन संग मिल्दोजुल्दो हुन्छन् । हामीहरुको व्यक्तित्व धेरै मिल्न जान्छ अर्जुन संग । क्षेत्रियकालागि त्यागको सोंचनै स्वभाव विपरित हो । क्षत्रिय त कर्मवाटनै विरगति र मोक्ष प्राप्त गर्छ । त्यसैले अर्जुनकालागि त्याग विपरित कर्म थियो त्याग वाट पनि मान्छेले मोक्ष प्राप्त गर्छ कर्मनै चटक्कै छाडेर पनि मान्छेले पार तर्न सक्छ तर त्यो केहि एक्का दुक्का को लागि मात्र हो । त्यस्ता व्यक्तिहरुको लागि हो जो जीवनवाट पूर्ण रुपमा पाकेर कसैले भने पनि अव कर्ममा फर्किने वाला छैन । बाँकी रहेका सबै ब्यक्तिहरुकालागि मार्ग नै कर्मयोग हो ।
अव यसलाई अझ गहिरियर बुझौं की कर्मसन्यास वा कर्म लाई छोडेर आध्यात्ममालाग्ने ब्यक्तिको आन्तरिक मनो विज्ञान कस्तो हुन्छ यस्ता ब्यक्तिहरु दुई किसिमका हुन्छन । एउटा कर्ममुखी हुन्छ जस्ले भन्छ कर्मगरेर नै जीवन चलाउछ तर अर्को थरिका ब्यक्तिहुन्छन जस्ले भन्छन कर्मगर्न पर्दैन उनिहरु मन केद्रित हुन्छन जस्तो की कवी जस्ले कविता लेख्छ उसको मनमा कविता फुरेको फुरेइ हुन्छ । त्यो कविता कुनै भौतिक चिज होइन । त्यसलाई तपाइले केही पनि गर्न सक्नुहुन्न कवि कर्म सन्यास योगमा जान सक्छ । चित्रकार कर्मसन्यासमा जान सक्छ, यदि उ सहि रुपमा चित्रकार हो भने, कोहि दार्शनिक, कोहि संगीतज्ञ हो भने उसले कर्म गर्नु पर्दैन । कर्म लाई चटक्क छोडेर पनि उ परमात्मा को परमराज्यतिर अगाडी वड्न सक्छ । यी केही ब्यक्तित्वहरु बाहेक अरु सबैकालागि कर्म योग नै उचित हुन्छ वा वडी श्रेयस्कर छ त्यसकारणले कुनै पनि समस्या टारेर टर्दैन कर्म पनि टारेर टर्दैन जुन कर्म मेरो अगाडी आएको छ त्यस कर्मलाई इमान्दारी पूर्वक सम्पादन गर्नु भन्दा राम्रोअरु कुनै हुदैन । त्यसैमा हामी सबैको भलाइ छ भगवान कृष्ण त अर्जुनलाई निमित्त वनाएर समस्त मानव समुदायलाई भनिरहनुभएको छ की हेर तिमीहरुकालागी कर्म योग नै उत्तम छ ।
14th May 2019 , 9:38 am
6 hours ago
7 hours ago
8 hours ago
4th Nov 2024 , 6:54 am
4th Nov 2024 , 5:11 am
14th May 2019 , 9:38 am
2nd Nov 2024 , 3:26 am
1st Nov 2024 , 3:32 am
31st Oct 2024 , 8:21 am
31st Oct 2024 , 2:52 am
4th Nov 2024 , 6:54 am