वत्स, मलाई निकै प्यास लागिराखेको छ , अलिकति पनी देउ न ! एक दिन धुलैधुलोले महिला देखिने सन्यासी एक मुसल्वान अफजल खाँ को घरमा आएर भने । अफजल वच्चै थिए छरछिमेकमा देखिराखेको चलन चल्तीअनुसार त्यो सन्यमसीलाई भने ः गूरु म मुसलवान हँु र एक हिन्दुले मुसल्वानले दिएको पानी कसरी खान सक्छ ? सन्यासीले भने तिम्रो सत्यवादिताले म खुसि भए वावु ! म छुवाछुतको यो अधार्मिक भेदको अपूर्ण नियमलाई मान्दिन । जाउ गएर पानी लिएर आउ । गुरुको आज्ञा अनुसार उनले पानी लिएर आए । तिमिले पूर्व जन्मको राम्रो संस्कार पाएका छौ योगीले गम्भीर भएर भने । म तिमिलाई एउटा योग प्रकृया सिकाउछु जसले तिमिलाई एक अदृष्यलोक माथिको अधिकार दिलाउछ । तर त्यस शक्तिको उपयोग लोककल्याणका लागि मात्र गर्नु । व्यक्तिगत स्वार्थपूर्तिका लागि कहिल्यै नगर्नु । केहि ध्वंसात्मक प्रवृतिको विउ तिम्रो संस्कारमा लिएर आएका छौं । त्यसलाई खराव कार्यहरुवाट हुर्कन नदिनु । वरु त्यसको निर्मूल गर्नका लागि यस जुनिमा आफ्ना यौगिक उपलव्धीहरु द्धारा उच्चस्तरीय मानविय कार्यहरुका लागि लगाउनु पर्छ ।
आश्चर्य चकित वालकलाई एक जटिल प्रक्रिया सिकाएर गुरु अन्तध्र्यान भए । अफजलले त्यस यौगिक क्रियालाई विस वर्ष सम्म निष्ठा पूर्वक पालन गरे । उनि टाडा टाडा सम्म निकै प्रख्यात पनि भए । उनि संग सधै एक अदृष्य शक्ति रहन्थ्यो जसलाई उनि हजरत भनि पुकार्थे । त्यसले अफजलको आदेश अनुसार हर सानो भन्दा सानो सम्म इच्छा पुरा गरिदिन्थ्यो । २० वर्ष पछि उनले लोभको बसमा परेर त्यस शक्तिको उपयोग स्वार्थ पूर्तिका लागि गर्न थाले । कुनै पनि उनलाई मन परेको चिज छोइदिए पछि त्यो वस्तु क्षणमै गायव हुन्थ्यो । कलकत्ताका ठुला ठुला सुन पशलमा गएर सुनका गहना मा हात लगाउथ्ये उनि वाहिर निस्किए पछि ति गहना गायव हुन्थ्ये । केहि विद्यार्थिहरु उनि संग केहि सिक्ने आशाले पछि लाग्थ्ये । एकदिन विद्यार्थि सहित एक समुह वनाएर कतै घुम्न जाने योजना वनाए । स्टेसनमा टिकट काउन्टरमा लाइन लागे टिकटको बितावलाई हात लगाएर उनि टिकट नकिनिकनै वाहिर निस्के । केहि वेरमा सबैजना रेलमा चढे । उनि संग प्रयाप्त टिकटहरु हातमा प्रकट भए । अफजलका यस्ता कार्यहरुले कोलाहल मच्चिन थाल्यो । टिकट काट्नेहरु , सुनपशले हरु , अन्य व्यापारीहरु पागल हुन थाले । पुलिसहरु पनि उनलाई केहि गर्न सक्दैनथ्ये किनकी उनले हजरत सबै प्रमाणहरु मेटीदे भनेपछि सबै प्रमाणहरु गायव भएर जान्थ्ये । एक दिन महान क्रिया योगि महान गुरु युक्तेश्वर गिरी अफजलको मा जानुभएछ । गूरुका अनुसार ः अफजलले गूरुलाई हेदै भनेछ नवयुवक तिम्रा हातहरु त निकै वलिया देखिन्छन जाउ बगैचामा गएर एउटा चिल्लो ढुड्डा लिएर आऊ गुरुले त्यसै गर्नु भयो अनि उनले भनेछन त्यसमा आफ्नो हस्ताक्षर गरेर समुद्रमा जति टाडा सम्म फाल्न सक्छौ फालिदेउ गूरुले उनले भने जस्तै ढुड्डामा हस्ताक्षर गरेर समुद्रको गहिराईमा वल पूर्वक फ्याकी दिनु भयो । अनि अफजलले भने अव जाउ र माटोको एक भाँडामा गंगाजिको पानि लिएर आउ । गूरुले त्यसै गर्नु भयो , अफजल कराए हजरत त्यो ढुड्डो यस भाडामा ल्याएर राख तुरुन्त त्यो भाँडामा एक ढड्डो प्रकट भयो । गूरुले त्यो ढुड्डो निकालेर हेर्नुभयो ढुड्डआफ्नो हस्ताक्षर प्रश्ट थियो । गूरु पनि चकित हुनुभयो । उनले यस्ता अनेक चमत्कारहरु गर्थे । तर उनका ति चमत्कार हरु उनका गुरुको इच्छा विपरित व्यक्तिगत स्वार्थका लागि हुन थालेका थिए । एक महासयको राम्रो घडी देखेर त्यो घडीनै गायव गरिदिए पछि त्यो घडी अरुकै नासो भएको कुरा विन्ती गेपछि उनले आलमारीमा राखिएको ५०० रुपिया त्यस घडीको वदलामा मागे । त्यो ५०० ल्याएर दिए पछि मात्र त्यो घडी फर्काइदिए । उनि अरु पनि अनेक चमत्कारहरु गर्थे एकदिन केहि मान्छेहरु भएको वेला उनले भने ल भन्नुस तपाइहरु कुन चिज पिउन चहानुहुन्छ हजरतले हाजिर गर्ने छ । सबैले जेजे मागे ति सबै चिज सून्यवाट सबै पेय पदार्थहरु भुइमा खसे । सवैले आआफ्नो इच्छा अनुसारको पेय पदार्थ को स्वाद लिए । त्यसैदिन दिउसो अफजलले भोजन गराउने निम्तो दिए । के खान चहानुहुन्छ भनेर सोधे । पाउनाले खाना सुनका थालमा पस्किएको विभिन्न प्रकारको स्वदिष्ट हुनु पर्छ भने पछि । अफजलले हजरत भन्दै आदेश दिए । तुरुन्त हावावाट टङग्रयाङ टुङग्रुङको आवाज गर्दै सबैको इच्छा अनुसारका स्वादिष्ट खानाहरु सुनका थालमा प्रकट भए । खानामा पुरी तरकारीका साथै अनेक पक्वान्नहरु थिए । एक घण्टा सम्म खानपिन भए पछि पाउना सबै कोठा वाहिर जान थाले । लगतै जुठा भाँडाहरु खप्टीएको आवाज आउन थाल्यो । एकै छिनमा ति सबै जुठा सुनका थालहरुमा वाँकी खानाहरुको कुनै नामोनिसान देखीएन । अफजलले यसरी जे भने त्यहि यहाँसम्म की सुनका थालहरु आफ्नो इच्छा अनुसार कट गर्न सक्छ भने उसले साना साना भौतिक चिजअरुमा किन लोभ गर्दछ त भनेर यूक्तेश्वर गूरुजीलाई प्रश्न गर्दा गूरु जी भन्नु भयो की अफजल आध्यात्मिक स्तरवाट धेरै उन्नत थिएनन् । श्री युक्तेश्वरजी ले प्रश्ट्याउदै भन्नुभयो केहि यौगिक प्रक्रियाको सिद्धिले गर्दा उनले त्यस पारलौकिक जगतका चिजहरु इच्छा अनुसार प्राप्त गर्न सक्दथे । हजरत नामक पारलौकिक तत्वको सहायताले ति मुसलवानले कुनै पनि वस्तुका अणुहरुलाई सुन्यवाट खिचेर प्रकट गर्न सक्थे । जुन शुक्ष्म शक्तिवाट उत्पन्न भएकाले स्थाई हुदैनथ्यो । त्यसैले अफजल सांसारीक सम्पत्तिको चहाना राख्दथे । जुन परिश्रम द्धारा आर्जित भएको ले स्थाई रुपले राख्न सकिन्छ । गुरुले अगाडी भन्नु भयो अफजल दिब्यज्ञान प्राप्त मानिस थिएनन । स्थाई र लाभदायक ढड्डको चमत्कार सच्चा सन्तहरुले मात्र गर्न सक्दछन् । जसले आफुलाई सर्वशक्तिमान सृष्टिकर्ता संग तादात्म्य राखेका हुन्छन । अफजल एक त्यस्ता व्यक्ति थिए जस संग एक संन्तको क्रिपाले शक्ष्म जगतमा छिर्ने असाधारण शक्ति प्राप्त थियो । जहाँ मान्छे मरेपछि मात्र प्रवेश गर्न सकिन्छ । अफजलले यस्तै स्वार्थपूर्ण कार्यहरु गर्दै जान थाले एकदिन अफजल वाटोमा हिंडीरहेका थिए । उनको आँखा एक बुढोमान्छे माथि पर्यो जो कुप्री परेर हिंडीरहेका थिए । उनको हानमा एक सुनको डल्लो थियो । अफजलले सोधे त्यो हातको के हो । ति बुढा मान्छेले भने यो मेरो एक मात्र सम्पत्ति सुनको डल्लो हो र यो एक फकिरको लागि काम नलाग्ने चिज हो । त्यो बुढो मान्छेले अफजल तर्फ हेरेर भने मेरो यो लंगडोपन हटाइदिनुहोस । हजुर एक महान फकिर भएकोले यो सम्भव छ । अफजलले केहि नवोलीकन त्यो सुनको डल्लोलाई छोएर अगाडी वढे । तुरुन्त ति बुढा मान्छे हल्ल गर्न थाले । मेरो सुन हरायो ।। मेरो सुन हरायो ।। त्यो बुढोमान्छे अफजलको पिछा गर्दै गए तर अफजलले वास्ता नगरी अगाडी वढ्दै गए । अफजल अचानक त्यो आवाज सुनेर झस्किए जुन आवाज एक कमजोर बुढो मान्छेको मुखवाट निस्कन सक्ने आवाज थिएन । के तिमि मलाई चिनेनौ ? अफजल अचम्म परेर हेरिरहे ति बुढा विमार लड्डडा व्यक्ति अरु कोहि थिएनन । तिनै महान सन्त थिए जसले वषौं पहिले अफजललाई योगको दिक्षा दिएर शक्ति प्रदान गरेका थिए । ति बुढा मान्छेले तुरुन्त आफ्नो शरीर सिधा पारे । तुरुन्तै उनको शरिर वलियो र जवान देखियो तर उनको अनुहार रौद्र रुपमा परिणत थियो । उनले भने ए त्यसो पो तिमिले शक्ति दुरुपयोग गरेको मेरै आँखाले देखें । जुन शक्ति मैले तिमिलाई दुःखी मानवको सहायताका लागि दिएको थिए । तिमि आफ्नो निच श्वार्थका लागि प्रयोग गर्दछौं । म तिम्रो यो अलौकिक शक्ति फिर्ता लिन्छु । अफजलले हजरतलाई वेदनायुक्त स्वरमा पुकारे यसपालि उनको अन्तरमा त्यो हजरत जसले उनको हर इच्छा पुरा गर्दथ्यो त्यो नजर आएन । उनि महान योगि गूरुको पाउमा लम्पसार भए । भन्न थाले गुरुवर म हजुरलाई धन्यवाद दिन्छु की तपाइले स्वयं आएर मेरो भ्रान्तिलाई मेटीदिनुभयो । उनले आँखाभरी आँसुलिदै भने मैले यि सम्पूर्ण सांसारिक आकांक्षाहरुको पत्यिाग गर्ने वाचा गर्दछु । उनले एकान्त स्थलमा गएर इश्वरको ध्यान गरि आफ्नो पाप कर्मको प्रायश्चित गर्ने इच्छा प्रकट गरे । गूरुले सहानुभुति पूर्वक उनितिर हेर्दै भन्नुभयो म तिम्रो साँचो भावनालाई महसुस गर्दछु । उहाँले अन्त्यमा भन्नु भयो तिम्रो पछिल्लो आज्ञाकारीता र अहिलेको पश्चातापका कारण तिमिलाई एउटा वरदान दिन्छु । तिम्रो संपूर्ण शक्तिहरु नास भैसके तर तिमिलाई जव खाना र लगाउने लुगाको आवश्यकता पर्दछ तिमिले हजरतलाई वोलायौ भने ति चिज तिमि प्राप्त गर्न सक्ने छौं । यति भन्दै गूरु अन्तध्र्यान हुनुभयो । अफजल आफु हिमालय तिर जानु भन्दा पहिले एक अखवार मार्फत सार्वजनिक वयान छापेर गए जसमा लेखिएको थियो । म अफजल खाँ यि कुराहरु आँफुले गरेको पापकर्मको प्रायश्चित्त को रुपमा र तिनिहरुलाई जो चमत्कारीक शक्ति प्राप्त गर्न चहान्छन, चेतावनि दिने उद्देश्यले लेख्दैछु । धेरै वर्ष सम्म मैले एक महान गुरुको क्रिपावाट प्राप्त भगवानको चमत्कारीक शक्तिको दुरुपयोग गरि अंहंकारले चुर भएर आफुलाई नैतिक नियमहरु भन्दा माथि ठान्न लागें त्यसैले मेरा सम्पूर्ण अहंकार मेरा महान गुरुले समयमै नास गरी उद्धार गरिदिनु भयो । कोहि पनि यस्तो किसिमको भगवानको क्रिपाको दुरुपयोग नगर्नु अनुरोध गर्दछु ।