Thursday 22nd January 2026
मनसुन झन सक्रिय: वाग्मतीसहित यी प्रदेशमा हुनेछ भारी वर्षा
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तर अर्थात् नेपालतर्फ छ।त्यस्तै पूर्वतिर सरदर स्थानको आसापस अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।यस्तै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि नेपालको मौसममा देखिएको छ।
जसका कारण आइतबार दिउँसो र राति देशका अधिकांश भूभागमा मध्यदेखि भारी वर्षा भयो।कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ ।
विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।कोसी प्रदेशका तराई तथा मधेस प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।
मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस रहेको छ । देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको विभागले बताएको छ । जसका कारण मनसुन थप सक्रिय भएको हो ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
