Thursday 22nd January 2026

एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेर सुनको भाउमा नयाँ रेकर्ड

काठमाण्डौ – सुनको भाउ आज एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ । आज सुनको भाउ अहिलेसम्मकै उच्च तोलामा एक लाख ५६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख ५३ हजार तीन सय रुपैयाँ रहेको थियो । यसअघि अस्ति बुधवार सुनको भाउले तोलाको एक लाख ५६ हजार चार सय रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि एकैदिन  तोलामा ६५ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलामा एक हजार आठ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार सात सय ९५ रुपैयाँ थियो । 

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...