हाम्रा पर्वहरु

हाम्रा ब्रतपर्वहरु

चक्रपाणि गौतम

पर्वसंस्कृति पूर्वीय सनातन धर्मदर्शनको मूलमर्म हो श्रमपूर्वक कर्म गर्ने यिनै पर्वका अवसरमा सानन्द खुशी बाडने संस्कारले अपनत्व भाईचाराको बृद्धि गराउँद सनातन धर्मसंस्कार मान्नेहरु  भारतबर्षको विशाल भूखण्डमा बसोवास गर्दछन् उनीहरुको भाषाभेष अलगअलग रहे पनि  संस्कृति सांस्कृतिक महत्ता भने सर्बमान्य रहेको सनातन संस्कृति यस संस्कृति अन्तरगत पर्ने ब्रत पर्वहरु देश भेदले अनेक प्रकारका छन् हामी पर्व समीक्षाको यस स्तम्भमा बैशाखदेखि आषाढ सम्मका पर्वहरुका विषयमा संक्षिप्त विवेचना गर्नेछैाँ

समाजमा उत्साहपूर्वक जीवनयापन गर्न परिवारमा एकता कायमगर्न चाडपर्वहरुको महत्वपूर्ण भुमिका रहेको हुन्छ पर्वहरुले हामीमा कर्मतर्फ लाग्न पनि प्रेरित गराउदछन ।नेपाली चाडबाड संस्कारले   सामाजिक एकता अन्तरसंस्कृतिको समन्वय ज्ञान गराउन अझ महत्वपूर्ण भुमिका निर्बाह गरेका छन समाजले आवश्यकता अनुसार चलाएका शास्त्रले पूर्णरुपले विधान गरेका दुवै खाले पर्वहरुले सामाजिक रुपमा हामीलाई एकताबद्ध बनाएरका हुन्छन भिन्न भिन्न स्थानका विशेष स्थानीय पर्वहरुले अझ अन्तर संस्कृति आत्मियताको  प्रबद्र्धन गर्ने गर्दछन

कुनै पनि  मानव, समुदाय देशको सांस्कृतिक एकताको निर्माण त्यस देशको मूल्य ,आदर्श ,प्रेरक सिद्धान्त एवं प्रेरक मान्यताबाट बनेको हुन्छ यी चिजहरु जति सुदृढ,ब्यापक ,उदार जिवन्त हुन्छन त्यस देशका मानव समुहको सांस्कृतिक  सामासजिक एकता पनि त्यति नै सुदृढ ,स्थिर अविचल हुन्छ यसर्थ   हाम्रा ब्रत पर्वहरु  संस्कृतिका अंग उपांगहरु  हुन व्रत पर्व जस्ता कर्महरु मानवजीवनका ब्यबहारका केन्द्रबिन्दुका रुपमा रहेका पनि हुन्छन यीनै केन्द्रविन्दुका चारैतिर भावना ,विचार विश्वास तथा धार्मिक भावनाहरुको विस्तार भएर मानव सामुहिक रुपमा एकताको सुत्रमा बांधिने प्रयास गर्दछ    सांस्कृतिक एकरुपताको संस्कृतिले नै मानवलाई ब्यष्टिको सीमित दायराबाट हटाएर सामुहिक अथवा समष्टि सम्पन्न बनाउदछ 

सनातन संस्कृतिको मुख्य तत्व उसको धार्मिक परम्परा हो यो परम्पराको ईतिहास अति प्राचीन ऋग्वेदको पृथ्वीसुक्तमा बताए अनुसारहाम्रो मातृभूमिले अनेक प्रकारका जन जनसमुदायलाई धारण गरेकी छिन यी समुदायहरु अनेक प्रकारका भाषा बोल्नुका साथै अनेक प्रकारका धर्म पनि मान्ने गर्दछन परन्तु सनातन  संस्कृतिको अन्तरात्मा यस्तो विविधतामा पनि कहिल्यै आक्रान्त बनेन यहांका ऋषीमहर्षीहरुले समाजमा रहेका विविधताको मूलमा लुकेको एकताको रहस्यलाई खोजी गरेर पर्वउत्सवका रुपमा स्थापित गरिदिए जो आज पनि सांस्कृतिक एकतालाई स्थापित गर्न सफल भएका छन सनातन संस्कृतिमा त्यस्तो कुनै दिन हुदैन जुन दिन कसनै ब्रत पर्व या उत्सव नहोस हाम्रो देश धर्म प्राण देश हो  आध्यात्मिक उर्जा यस देशको कण काणमा समाहित हाम्रो संस्कृतिको समबन्ध आध्यात्मदर्शन , देवदर्शन आरोग्यतासंग जोडिएको यस कारण यसकारण समन्वयात्मक संस्कृति हाम्रो समाजको आत्मा हो मेची देखि महाकाली मात्र हैन सांस्कृतिक रुपले एक मानिएको भारतबर्षलाई पनि अध्ययन गर्ने हो भनें  अनेक स्थानमा हरेक समय कुनै कुनै ब्रत पर्व उत्सव चलिरहेका हुन्छन ।सनातन संस्कृतिका साथ नेपालमा पनि सांस्कृतिक एकता अनुस्युत देखिन्छ हाम्रा तीर्थस्थल मठ मन्दिर वा नदीतटहरुमा आयोजना हुनै  सबै प्कारका चाडबाड उत्सव मेलामा आम जनसमुदाय आप्mनो भाषा भेषभूषा सबै बिर्सिएर स्वतस्पूmर्तरुपमा सबै  सहभागी हुन्छन सांस्कृतिक एकताको सहज प्रदर्शन गर्दछन यसकारण नेपाल कुनै भौगोलिक ईकाई या हिमाल पहाड तराई जस्ता भौगोलिक सुगम या दुर्गमताकोे विभाजन हैन यो देश सांस्कृतिक आकर्षण एकताको समष्टिगत रुप हो ।र यो देशको एकताको मूल सूत्र नै यहांको सांस्कृतिक विविधता विविधतामा एकता हो समाज राष्ट्रको एकताका कारक हाम्रा ब्रत पर्वहरु हुन यस आलेखमा हामी यस्तै केही ब्रत पर्वहरुको समीक्षा गरौ

नववर्ष

सनातन संस्कृतिमा समय गणनाको सर्बोपरि महत्व रहेको   वर्ष गणनाका विधिहरुमा ब्राह्म ,दिव्य ,पिœ,प्राजापत्य, बार्हस्पत्य, नाक्षत्र ,सौर, चान्द्र सावन गरेर जम्मा नौ प्रकारका बर्ष गणनाका विधिहरु रहेका छन् ,सुरुका तीन पद्धति युग गणना प्राजापत्य बर्षको शुभ अशुभ परीक्षणमा प्रयोग गरिन्छ भनें बृहस्पतिको गणना विधि कुम्भपर्वहरुको विवेचना , सिहंस्थ सूर्य क्षय अधिकमासका विषयमा प्रयोग हुन्छ    नक्षत्र गणनाविधि यज्ञकर्म सम्पादनका लागि निर्णय गरिन्छ भनें तिथि नक्षत्र आदि ब्रतपर्व निर्धारणमा चान्द्र सिद्धान्तको प्रयोग गरिन्छ सनातन संस्कृतिका उन्नायक बिक्रमादित्यको नाममा समर्पित बिक्रम सम्वत सूर्य सिद्धान्तसंग सम्बन्धित रहेको ऋतुचक्रको परिवर्तन सूर्यको आधारमा हुने गर्दछ परिवर्तित ऋतुका आधारमा नै बन, बनस्पति प्रकृतिको परिपोषण सम्भव ।सूर्यचन्द्रमाको गणना विधिमा तिथि क्षय बृद्धि ुदा हुने अन्तरलाई  सावनमास विधिबाट व्यवस्थित गरिन्छ तिथि घटबड भए पनि सावन गणनाविधिबाट व्यवस्थित भएका  कारण सूर्यचन्द्रग्रहण निर्धारित औशी पूर्णीमामा नै हुन्छ कुनै पनि रुपमा ब्रतपर्व अन्य कारणले तिथि घटवड भए पनि सूर्य सिद्धान्तअनुसार नै ऋतुचक्र   तद्त्तऋतुमा हुने नियमित प्रकृया यथावत नै हुन्छ संसारका सबै वर्ष गणनाविधिहरु हेर्ने हो भनें सनातन संस्कृतिका वर्षगणना सिद्धान्त जस्तो सर्बत्र तारतम्य मिलेका कुनै पनि विधिहरु छैनन् तिथि बार नक्षत्र चाडवाड लगायतका हरेक महत्वपूर्ण  सनातन सांस्कृतिक कर्महरु बैज्ञानिक आधारमा आधारित रहेका छन् यस कारण ब्रतपर्वहरुको समुचित व्यवस्थापन सौर चान्द्रमासको गणना विधिको तारतम्य मिलाउने सूर्य सम्बत्सर सूर्य संक्रान्तिको अत्यन्तै महत्व रहेको नववर्ष नव उत्साहका लागि प्रत्येक बैशाख गते का दिन मनाउने गरिन्छ

मातातीर्थ औशीं मातृसम्मान दिवस

चान्द्रमास गणना विधिअनुसार बैशाख कृष्ण पक्ष औशी तिथिलाई माता तीर्थ औशीका नामले  सम्बोधन गरिन्छ सनातन हिन्दू शास्त्रले आमालाई पहिलो तीर्थका रुपमा सम्मान गरेको   तीर्थमा गएर देवताको दर्शन देव सन्निधिमा श्नान दान जस्ता पुण्यकर्म गर्ने विधि शास्त्रमा उल्लेख गरिएको तीर्थस्थलमा देवताको वास रहेको हुन्छ देवताको दर्शन गर्दा मन पवित्र हुन्छ आर्जित धन तीर्थमा दान गर्दा पापामोचन हुन्छ देवताको कृपा प्राप्त हुन्छ  शास्त्रले देवता तत्वको निर्धारण गर्दै सर्बप्रथम निर्देशन गर्दछ  “मातृदेवो भवः”  अर्थात आमालाई नै देवता  समान मान  यसकारण जहादेवताको वास हुन्छ त्यही स्थललाइृ तीर्थ भनिन्छ तृ तारण प्लवन पूरणयो भन्ने धातुबाट तीर्थ शब्द सम्पादन भएको हुन्छ   यसको अर्थ  हो जसले  तार्दछ , सफा बनाउदछ पूर्णता प्रदान गर्द त्यो नै तीर्थ हो आमाले  जीवलाई गर्भमा धारण गरेर जन्मकर्म बन्धनबाट तर्ने मुख्य मार्ग मानवदेह प्रदान गर्दछिन अनि श्नेहिल ह्दयले ज्ञानगंगा प्राप्तिको मार्ग प्रशस्त गरेर जीवनलाई पूर्णता प्रदान गर्दछिन् यसरी जीवन प्रदान गर्ने मातालाई आजीवन सेवा मृत्यु पश्चात मातृतत्वको श्रद्धापूर्ण श्राद्ध गर्नु नै सन्तानको परम कर्तव्य हो नववर्ष आरम्भको केही दिन अघि या पछि जन्म दिने माताको सेवा श्राद्धमा कुनै त्रुटी रहेन भन्ने आशयका साथ यस दिन जीवित मातालाई सेवा दिवंगत माताको श्राद्ध गर्ने परम्परा अनुसार मातृसम्मानदिवस मनाइन्छ यसै दिन काठमाण्डौको मातातीर्थ कुण्डमा आमा नहुनेहरुले आमाको श्राद्ध गर्ने विधि रहि आएको मातातीर्थ औशी जस्ता पर्वहरुले  सन्तान का लागि यौवन जीवन मन समर्पित गर्ने आमाप्रति कृतज्ञता प्रकट गर्नु पर्ने शिक्षा दिनुका साथै मातृशक्तिको सर्बोच्चताको महत्व पनि दर्शाउ

अक्षय तृतीया

बैशाख शुक्लपक्ष तृतीया तिथिका दिनलाई अक्षय तृतीयाका दिनका रुपमा चिनिन्छ युग गणना विधिअनुसार यसै दिनदेखि त्रेतायुगको आरम्भ पनि भएको हो यस दिनमा आप्mनू परिश्रमले आर्जन गरेको धन अन्न आदि बस्तु यथा शक्ति दान गर्यो भने पनि त्यस दानको महिमाले कहिल्यै नाश नहुने गरिको (अक्षयफल प्राप्त हुन्छ

अक्षय तृतीयाका दिन गरिने दानको परम्परालाई समुचति विश्लेषण गर्ने हो भनें  हाम्रोे परम्पराको महत्वलाई सजिलै सम्झन सकिन्छ यस तिथिका दिन  कुनै कानुन या अनिवार्य नियम विना नै स्वत धार्मिक पुण्य आर्जनका प्रबृत्तिले प्रेरित भएर अन्न जल जस्तो समस्या समाधान गर्न सकिन्छ   यस पर्वका  दिन घरमा अन्न हुने हरुले अन्न नहुने स्थानमा अन्न आदिको दान गर्ने सार्बजनिक स्थलमा पानीको व्यवस्था गर्ने नियम रहेको ,पुण्य आर्जनका दृष्टिले गरिने यस प्रकारका सामाजिक सेवाभावी कर्महरुले समाज उत्थानमा अति नै ठूलो सहयोग मिल्दछ यसै दिन जौ को सातु मिसाएको सर्बत सेवन गर्ने नियम पनि जौ स्वास्थ्यबर्धक सुपाच्य पवित्र अन्न हो आयुर्वेद शास्त्र अनुसार जौको सातु सेवन गर्दा गर्मी सम्बन्धी सबै रोग निदान हुनुका साथै शरीरमा पर्याप्त पोषक तत्व प्राप्त हुन्छ यस पर्वले परोपकार समय अनुसार गरिनु पर्ने दानादिका विषयमा सचेत मात्र बनाउदैन हामी आफैलाई  पनि स्वस्थ सवल बन्ने मार्ग निर्देशन गर्दछ

बुद्धपूर्णीमा  चण्डीपूर्णीमा उभौली पर्व

शान्तिका अग्रदुत भगवान बुद्ध  जन्म जयन्तिको यो पावन दिन शान्ति सहअस्तित्व सदाचारको भवनालेमात्र विश्व बन्धुत्व स्थापित हुन सक्दछ अहिंसा परोपकारी बृत्ति नै विश्वकल्याणको मूल माध्यम हो भन्ने सनातन शास्त्रीय चिन्तलाई सर्वव्यापी बनाएर सिद्धार्थ बनेका भगवान गौतमबुद्धको जन्म तिथिका अवसरमा मनाइने विश्व व्यापी पर्व हो  राजसी सुखसयललाई त्यागेर निबृत्तिमार्ग तर्फ प्रबृत्तभएका भगवान बुद्धद्वारा प्रदत्त ज्ञान अल्पकाय आलेखमा अटाउन खोज्नु सातै समुन्द्र सानो लोटामा अटान सकिन्छ भन्नु जस्तै महा मूर्खता हो , यस समबन्धमा सटिक विश्लेषण परक आलेखहरु यथासमय पाठक समक्ष प्रस्तुत हुनेनै छन

यसै दिन गौरवमय ईतिहास संस्कृति बोकेका प्रकृतिपूजक  किराँत समुदायले चण्डी नाच गरेर मनाउने परम्परा सनातन संस्कृतिअनुसार  चण्डी तत्व मातृ शक्तिको द्योतक हो , किराँत समुदायमा मातृ शक्तिको स्वतन्त्रता सम्माननीयता  सर्बत्र प्रशंसनीय रहेको बैशाख महिनाको पूर्ण चन्द्र रश्मीले मष्तिष्कमा जुन उत्साह प्रवाह गर्दछ त्यसको परिणाम नै यस दिन सबै एक ठाउँमा भेला हुने प्रेमालाप गर्ने दुख सुख साटासाट गर्ने अनि आप्mनो स्थायी प्रेरणदायी थलो तर्फ कर्मयोगी बन्दै प्रस्थान गर्ने  उभौली पर्वका विशेषताहरु रहेका छन

असार १५

असार महिनाको १५ गते मनाईने रोपाई पर्व कृषिप्रधान देश नेपालमा धान रोपेर मनाईन्छ , हिलो माटोमा लछारपछार हुदै आप्mनो शरीर सुन्दरताको ख्यालै नगरी  मानो छरेर मुरी उव्जाउने ध्येयका साथ मनाईने यो दिन जो सुकै नेपालीले पनि एक पटक हिलो टेक्नै पर्छ भन्ने मान्यता   देशको प्रमुख आयआर्जको माध्यम जे हो त्यसमा भिन्न पेशाकर्मीको पनि नैतिक समर्थन रहोस आफूले उपभोग गर्ने अन्न उत्पादकले कस्तो परिश्रम गरेर  बनाएको रहेछ भन्ने हेक्का  दिलाउनकै लागि राष्ट्रप्रमुखले समेत हिलोमा पस्नै पर्ने बाध्यकारी संस्कृतिको यो पर्व ठूलाले उचित काममा प्रोत्साहित गरे भनें मात्र श्रमिकको मन खुशी हुन्छ   श्रमिकमा कामप्रति निष्ठा बनिरहन्छ भन्ने देखाउन नै  बाजागाजा सहित बेठी लगाएर असारे गाउदै धान रोपिन्छ आजकै दिन दही च्युरा खाने परम्परा पनि चिउरा ऋण जति कम खायो त्यति नै फाईदा भन्ने नेपाली आहान ब्यवहारिक रुपमा सत्य नै भएपनि  असार १५ मा भने यो तर्क लागु नै हुदैन एकातिर कामको चटारोमा मीठोमसिनु बनाउने फुर्सद नै हुन्न भने पहिल्यै तयार पारेर राखेको च्युरा नखाए के खाने ? अर्कोतर्फ परिश्रम नगर्नेलाई च्युरा पच्दैन तर यस दिन परिश्रम नगर्ने नै हुन्छ स्वादिलो दहीसंग च्युरा त्यसै पचिहाल्छ