Friday 6th March 2026
आज कागेश्वर महादेवको मन्दिरमा मेला
काठमाण्डौ – आज भदौ शुक्ल अष्टमी कागेअष्टमी, काठमाण्डौ हनुमानढोकामा रहेको कागेश्वर महादेवको मेला लाग्ने दिन । कागेश्वर महादेवको मन्दिर आजका दिन मात्र खुला हुन्छ । वर्षभरीमा दिवङ्गत भएका आफन्तजनको नाममा यस मन्दिरमा दिप प्रज्वलन गर्ने चलन छ ।
त्यस्तै आज काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका वडानम्बर १ गागलफेदीमा रहेको कागेश्वरी महादेव मन्दिरमा महामेला शुरु भएको छ । मेलामा पर्सिसम्म चल्नेछ । भदौ शुक्ल अष्टमीका दिन कागेश्वरी पुगेर पूजा आराधना गरेमा कागको स्पर्शबाट मुक्त भइने विश्वास छ ।
कागेश्वरीमा हरियो मकै चढाएमा कागले बारीमा लगाएको मकै नखाने धार्मिक विश्वास रहेको छ । श्रावण शुक्ल पूर्णिमा अथवा गङ्गा दशहरा पर्वका अवसरमा रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा पुगेका भक्तजनले त्यहाँबाट ल्याएको जल आज कागेश्वरीमा चढाउनुपर्छ भन्ने विधिसमेत रहेको छ ।
मन्दिर परिसरमा अहिले दुई सय २७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति विशेष आकर्षणका रुपमा रहेको छ । यो नेपालकै ठूलो कागको मूर्ति हो । कागे अष्टमीको अवसरमा आज कागेश्वरी–मनोहरा नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
