Friday 6th March 2026
कविताको भावमा – अनात्मवाद !!

– परियत्ती सद्धम्म कोबिद
म,मेरो आफूले भनेको जस्तो नहुनु अनात्मवाद ।
नेपालमा जन्मेका शाक्य सुपुत्रले सिकाउनु भएको यही वाद ।।
आफैले भित्र नियालेर हेर्दा छैन केही आफ्नो भन्ने कुरो ।
तर तपाई हामी दिनदिनै आशक्तमा छौं तँ,तँ र म,मेरो ।।
प्राचिन हिन्दूवादले भन्छ आत्म नित्य ।
तर यसलाई कसले भन्छ सत्य ?
शरीर आफ्नै गतिमा बगिराखेको छ गंगासरी ।
अनि मन पनि उडिराखेको छ चंगासरी ।।
आफ्नै तरङ्गमा गुञ्जिराख्ने यो जीवन ।
थाहा छैन कहाँनेर हुन्छ मरण ?
साँच्चै ! छैन म मेरो भन्ने आत्म ।
सबैजना बिनाशतिर गइराखेका छन् आफू आफूमा ।।
चर्तु महाभूत रुपी फोहोरको पोका ।
कहाँ, कुन ठाउँमा पाउँछ यसले धोका ?
जानी नसक्नु जीवन पानीको फोका ।
निश्चित छैन न त छ कुनै लेखाजोखा ।।
उत्पति बिनाशरुपी बगिराख्ने यो जीन्दगी ।
कहाँ गएर पाउँछ यसले नित्यताको बन्धगी ?
हुनुपर्छ यस्तो दुःखबाट मुक्त ।
त्यसको लागि काम गर्नुपर्छ सत्यतायुक्त ।।
बुझ्नुपर्छ शरीर र मनको स्वभाव ।
हुनदिन्न यसले शान्तिको अभाव ।।
जहिले पनि हुन्छ मन फुरुङ्ग ।
यसैले नै पारिदिन्छ जीवन उमङ्ग ।।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
