Friday 6th March 2026

मर्मत र रङ्ग रोगन हुँदै गणेश, भैरव र कुमारीको रथ

काठमाडौँ । वसन्तपुरस्थित कुमारी घर अगाडि श्री गणेश, श्री भैरव र श्री कुमारीको रथ मर्मत तथा रङ्ग रोगनका लागि बाहिर निकालिएको छ भने यसले काठमाडौँमा इन्द्रजात्रा आगमनको सङ्केत गर्दछ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ ।

इन्द्रजात्रा काठमाडौँमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो र महत्त्वपूर्ण जात्रा हो । लिङ्गो ठड्याएर अर्थात् ‘इन्द्रध्वजोत्थान’ गरेर सुरुवात गरिने इन्द्रजात्रा लिङ्गो ढालेपछि सकिन्छ ।

लिङ्गोमा ध्वजापताका रहने भएकाले लिङ्गो ठड्याउनुलाई ‘इन्द्रध्वजोत्थान’ भनिएको हो । इन्द्रजात्रा विशेषतः देवराज अर्थात् देवताका पनि राजा इन्द्रसँग सम्बन्धित छ ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...