Wednesday 11th March 2026
चन्द्रलोक प्रतिष्ठानद्वारा ३३ कर्मचारीहरूलाई निजामती सेवा सम्मान प्रदान
निजामती सेवा दिवस २०८१ का अवसरमा चन्द्रलोक प्रतीष्ठाले कार्यक्रम आयोजना गरेर निजामती सेवाको विभिन्न तहमा रहेर उल्लेख्य योगदान पुर्याउने कर्मचारीहरूलाई निजामती सेवा सम्मान -२०८१ ले सम्मान प्रदान गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री एवम् प्रतिनिधि सभा सदस्य भानुभक्त जोशी, पूर्व मन्त्री कृपाशुर शेर्पा तथा पूर्व सचिव तथा मन्त्री वरिष्ठ साहित्यकार शंकरप्रसाद कोइराला लगायतका ब्यक्तित्वहरूले सम्मान पत्र,खादा,मालाद्वारा विभिन्न सरकारी कार्यलयमा कार्यरत ३३ जना निजामती कर्मचारीहरूलाई सम्मान गर्नुभएको हो।
सम्मानित हुनेहरूमा सचीव तर्फ १ जना,सहसचिव तर्फ ५ जना,उपसचिव तर्फ १० जना शाखा अधिकृत तर्फ १० जना र नायब सुब्बा तर्फ ७ जनालाई सम्मान गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले कर्मचारीले उच्च मनोबल बनाएर सेवाग्राहीहरूलाई प्रभावकारी सेवा दिनुपर्ने कुरामा जोड्दिनुभयो। प्रतिष्ठान अध्यक्ष सिताराम कार्कीले राजनीति भन्दा माथि उठेर जनसेवामा केन्द्रित हुने कर्मचारीहरूकै कारण देशको प्रशासनिक संयन्त्र प्रभावकारी बन्न सक्ने बताउनुभयो ।
नेपाल टेलिकमको विषेश सहयोगमा आयोजित कार्यक्रममा गायिका कुन्ती मोक्तान,हाँस्यकलाकार हिमेश पन्त लगायत कलाकारहरूको प्रस्तुति एवम् रोहित कार्कीद्वारा लिखित तथा निर्देशित लघु नाटक “कर्मचारीको दायित्व” प्रदर्शन गरिएको थियोे ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
