Thursday 22nd January 2026

सार्वजनिक स्थलमा राष्ट्रपति : पहिलो दिन भक्तपुरमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल सार्वजनिक स्थलमा पुग्ने ‘सार्वजनिक स्थलमा राष्ट्रपति’ भन्ने कार्यक्रम अन्तरगत शुक्रबार पहिलो दिन भक्तपुर दरबार स्क्वायरको पुग्नुभएको छ । 

राष्ट्रपति पौडेललाई भक्तपुर दरबार स्क्वायर पुग्नुहुँदा सांसद, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख तथा सर्वसाधारणले स्वागत गर्नुभएको थियो । 

भक्तपुर दरबार स्क्वायरमा राष्ट्रपति पौडेलले सर्वसाधारणसँग संवाद समेत गर्नुभएको थियो । सो क्रममा सर्वसाधारणले आम नागरिकको ठुलो बलिदानीबाट प्राप्त भएको गणतन्त्रको प्रतिफल नागरिकसम्म पुर्‍याउन अभिभावकका हैसियतले भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । सो क्रममा राष्ट्रपति पौडेलले आम नागरिकको ठुलो बलिदानीबाट प्राप्त भएको गणतन्त्रको प्रतिफल नागरिकसम्म पुर्‍याउने राम्रा लागि आफूले  शासन सञ्चालन गर्ने नेताको ध्यानाकर्षण गराउने बताउनुभएको थियो । 

राष्ट्रपति पौडेलसँग सर्वसाधारणले सार्वजनिक सेवामा सहज पहुँच पुग्न नसकेको, महँगीको मार थेग्न नसक्ने अवस्थामा पुगेको गुनासो गर्नुभएको थियो ।

सो क्रममा भक्तपुर दरबार स्क्वायर क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरको दर्शन, भैरवनाथ मन्दिर दर्शन र राष्ट्रिय कला संग्राहलय निरीक्षण गर्नुभयो ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...