Saturday 11th April 2026
चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त
काठमान्डौ । चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल डिसी नियुक्त हुनु भएको छ ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले डिसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो ।
बोर्ड अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस भएको थियो।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव एवं बोर्डका सदस्य सचिव राजेश कुमार थापाका अनुसार फिल्म निर्देशक तथा सञ्चारकर्मी डिसी, फिल्म निर्देशक दीपा पाण्डे बस्नेत र सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश थापाको नाम सिफारिस भएको थियो।सिफारिस समितिले उनीहरूको नाम सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङसामु सिफारिस गरेको थियो। समितिले सिफारिस गरेकामध्ये मन्त्रिपरिषद बैठकले डिसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो।अध्यक्ष पदका लागि ६ जनाको आवेदन परेको थियो। यसअघि बोर्ड अध्यक्ष अभिनेता एवं निर्माता भुवन केसी थिए।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
