Wednesday 11th March 2026

नेप्से र कारोबार रकम दुबै घट्यो

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार ३६.८३ अंक घटेको छ । सेयर बजारसँगै कारोबार रकम थप खुम्चिएको छ । अघिल्लो दिन १३ अर्ब ७२ करोडको कारोबार भएकोमा आज १२ अर्ब २४ करोडमा खुम्चियो ।

यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक आठ दशमलव ३५ अङ्कले ओरालो लागेर चार सय ८९ दशमलव ७९ मा ओर्लेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा एक उपसमूहको मात्रै उकालो लागेको छ ।

कूल दुई करोड ८३ लाख ४६ हजार दुई सय ४६ कित्ता शेयर १२ अर्ब २४ करोड ३६ लाख एक हजार तीन सय ६५ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार कुथरी बखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

रसुवागढी हाइड्रोपावर नौ दशमलव ९९, मिड सोलु हाइड्रोपावर आठ दशमलव ४८, मितेरी डेभलपमेन्ट बैंक सात दशमलव ८९ र पिपल्स हाइड्रोपावरका लगानीकर्ताले सात दशमलव ६२ प्रतिशतले कमाएका छन् ।

यस्तै थ्री स्टार हाइड्रोपावर १०, विन नेपाल लघुवित्त पाँच दशमलव ८४, एनआरएन इन्फास्ट्रक्चर पाँच दशमलव शुन्य आठ, तारागाउँ रिजेन्सी होटल चार दशमलव ९९ र नाडेप लघुवित्तका लगानीकर्ताले चार दशमलव ७८ प्रतिशतले गुमाएका छन् ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...