Saturday 11th April 2026

टेक्ससमा गोली हानी एक नेपाली विद्यार्थीको हत्या

 टेक्सस (अमेरिका) ।अमेरिकाको टेक्सस राज्यस्थित ह्युस्टन सहरको एक कम्युनिटी कलेजमा अध्ययनरत नेपाली छात्राको गोली हानेर हत्या गरिएको छ । हत्याबारे पूर्ण विवरण आउन भने बाँकी छ । प्रहरीले अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।

२१ वर्षीया मुना तीन वर्ष अघि अमेरिका आउनुभएको हो । उहाँ सो अपार्टमेन्टमा एक्लै बस्दै आउनुभएको जनाइएको छ ।

केही समय देखि अमेरिकी युवकसँग डेटिङ्गमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। तर अझै हत्यारा पत्ता लागि नसकेको प्रहरीले जनाएको छ। हत्याराले उनको ओछ्यानमै पुगेर गोली हानेको भिडियो सार्वजनिक भएको छ। सार्वजनिक भएको भिडियोमा मुनालाई तीनवटा गोली हानिएको छ।मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन्। २१ वर्षीया मुनाको नेपालमा आमा मात्र रहेको बताइएको छ। उनका आमा बुवाको भने सम्बन्ध विच्छेद गरेका छन्।

उहाँकी आमा अनिता पाण्डे अधिकारीले हत्यारा पत्ता लगाउन नेपाली समुदायलाई आग्रह गर्नुभएको छ ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...