Thursday 22nd January 2026

म्यान अफ दि इयर २०२४’को अडिसन खुला

काठमाडौं । सात लाख रुपैयाँ धनराशिको पुरस्कार रहेको पुरूषहरूको सौन्दर्य प्रतियोगिता ‘म्यान अफ दि इयर २०२४’को अडिसन खुला भएको छ । आयोजक कम्पनी ‘यू क्यान फ्लाई फेशन प्रालि’ले उक्त प्रतियोगिताको अडिसन आह्वान गरेको हो ।

नेपालको सवैभन्दा ठुलो भनिएको उक्त पुरूष फेसन प्रतियोगिता पहिलो पटक हुन लागेको हो । देशव्यापी रूपमा खुला अडिसनपछि छनोट भएका अन्तिम प्रतियोगीले फाइनल स्पर्धामा भाग लिने आयोजकले जनाएको छ । यही अगष्ट ३१ बाट अडिसन सुरू हुँदा पहिलो अडिसन काठमाडौंमा हुनेछ भने सेप्टेम्बर ५ मा चितवन, सेप्टेम्बर ७ मा पोखरा, सेप्टेम्बर ८ मा बुटवल र सेप्टेम्बर १० मा काठमाडौंमा दोस्रो अडिसन हुनेछ ।

अगस्ट ३१ मा काठमाडौंदेखि अडिसन सुरु हुने जनाइएको छ । सेप्टेम्बर ५ मा चितवन, सेप्टेम्बर ७ मा पोखरा, सेप्टेम्बर ८ मा बुटवल र सेप्टेम्बर १० मा काठमाडौंमा दोस्रो अडिसन हुनेछ । मोरङको विराटचोकमा सेप्टेम्बर १२ र विराटनगरमा सेप्टेम्बर १४ लाई अडिसन मिति तोकिएको छ ।

प्रतियोगिताको दूतमा अभिनेता अनुपविक्रम शाही छन् । कोरियोग्राफरमा अभिनेता समेत रहेका प्रशान्त ताम्राकार छन् । मोडलिङ र फेसनको दुनियाँमा भविष्य खोजिरहेका युवालाई स्थान दिने उद्देश्यले प्रतियोगिता गर्न लागिएको आयोजक संस्थाकी प्रबन्ध निर्देशक स्वीकृति प्याकुरेलले बताइन् ।

फिनाले नोभेम्बर २८ मा काठमाडौंमा हुनेछ । विजेताले नगद ७ लाख रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । नोभेम्बरमा थाइल्याण्डमा आयोजना हुने ‘म्यान अफ दी वर्ल्ड २०२४’ मा नेपालको प्रतिनिधित्व गर्ने आयोजक संस्थाका संस्थापक संसद शाहले बताए ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...