Sunday 12th April 2026

मधेसमा फिल्म सिटी निर्माण गर्न सरकारसंग भोजपुरीकी चर्चित कलाकार ममता साहको माग

काठमाडौं । भोजपुरीका चर्चित कलाकार ममता साह (कनक)ले कलाकारलाई हेर्ने दृष्टिकोण सरकारको राम्रो नभएको आरोप लगाएकी छन् ।कलाकारले आफ्नो सम्पूर्ण जिवन समाज, मुलुकका लागि दिएको भए पनि राज्यले कलाकारलाई हेर्ने दृष्टिकोण राम्रो नभएको साहले आरोप लगाएकी छन् ।

कलाकारलाई सम्मान गर्नुपर्ने, इजत गर्नुपर्ने तर सरकारले कलाक्षेत्रको बिकासका लागि कुनै राम्रो योजना नल्याएको उनले जनाएकी छन् । फिल्म सिटी निर्माणदेखी कलाकारहरु रिटार्य भएपछि उनीहरुलाई पेन्सनको व्यवस्था गर्नुपर्ने भए पनि सरकारले कलाकारको कुरा नसुनेको उनको आरोप छ ।

‘कलाकार माथि राज्यको ध्यान छैन् । कलाकारले आफ्नो सम्पूर्ण जिवन समाजलाई दिएको हुन्छ । तर सोही अनुसारको सम्मान कलाकारले सरकारबाट पाएको छैन्’ भोजपुरीकी चर्चित कलाकार साहले भनिन्, –‘म सरकारलाई भन्न चाहन्छु, कलाकारलाई इजत गर्नुस्, सम्मान गर्नुस् र कलाकारको बर्गिकरण गर्नुस् । साथै उनीहरुलाई सेवा सुविधा पनि दिनु । हाम्रो पनि लगानी छ सरकारमा । म सरकारलाई भन्न चाहन्छु, हामी रिटार्य भएपछि कसरी बाच्ने ? पेन्सनको व्यवस्था गर्नुस् । हामीलाई बाच्ने आधार दिनुस, नत्र हामी कलाकारहरु चुप लागेर बस्दैनौं ।’

आम जनता पार्टी (आजपा) निकटको आम साँस्कृतिक मोर्चाकी कोषाध्यक्ष समेत रहेकी साहले कलाक्षेत्रको बिकासका लागि सरकारले गर्नुपर्ने लगानी नै नदेखिएको आरोप समेत लगाईन् । नेपालमा कलाक्षेत्रको विकासका लागि सरकारले अत्याधिक लगानी गर्नुपर्ने भए पनि सरकारले लगानी नै नगर्ने कामले कलाकारहरु असन्तुष्ट रहेका छन् ।

उनले फिल्ट सिट निर्माणमा सरकारले लगानी गर्नुपर्ने माग समेत गरिन् । सरकारले लगानी गरेमा नेपालको फिल्म उधोग पनि राम्रो भविष्य भएको बताउँदै उनले त्यसका लागि सरकार योजनाबद्ध तरिकाले कलाक्षेत्रको विकासमा लगानी गर्नुपर्ने बताईन् ।

नेपाली कलाकार मिहिनेती र लगनशिल भएको बताउँदै उनले राम्रो लगानी भए नेपाली कलाकारले पनि राम्रो प्रतिफल दिन सक्ने बताईन् । भोजपुरी भाषाको गितसंगित, फिल्मप्रति बढदै गईरहेको चासो एवं चाहनालाई सम्बोधन गर्न सरकारले मधेसमा सुविधा सम्पन्न फिल्म सिटी निर्माण गर्नुपर्ने समेत उनले बताईन् ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...