Thursday 22nd January 2026

साफ यु–२० फुटबल : नेपालको विजयी सुरुवात

काठमाडौँ । आयोजक नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा आइतबार भएको उद्घाटन खेलमा नेपालले श्रीलङ्कालाई १–० गोलले हरायो ।

प्रतिस्पर्धात्मक खेलमा नेपाललाई जिताउन नीराजन धामीले गोल गर्नुभयो । नीराजनले २३औँ मिनेटमा गर्नुभएको गोल नेपालको जितमा पर्याप्त बन्यो । नेपालले बलमा पटक जमाउँदै लगातार पोस्ट प्रहार गरेपनि नेपालको थप प्रयासमा श्रीलङ्काका गोल रक्षक अहमद शरिफ बाधक बन्नुभएको थियो ।

च्याम्पियनसिपमा पाकिस्तानबाहेक ६ टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा आयोजक नेपालसँगै बङ्गलादेश र श्रीलङ्का रहेको छ । समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।

अब नेपालले मङ्गलबार बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ । भारत यस च्याम्पियनसिपको साबिक विजेता हो ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...