Thursday 22nd January 2026

गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ, मुद्दा चलाउने तयारी

काठमाडौँ। भक्तपुरको गट्ठाघरमा बिहीबार भएको स्कुटर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिलाई आफ्नो बहिनी भनेर दाबी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। दोलखाको मेलुङ गाउँपालिका( ४ का करिब ३० वर्षीय शम्भु नेपालीलाई गएराति प्रहरीले पक्राउ गरेको हो। प्रहरीले उनीविरुद्ध मुद्दा चलाउने तयारी गरेको छ ।

पक्राउ परेका उनी अहिले ठिमी प्रहरीको नियन्त्रणमा छन्। उनले मृतकलाई किन आफ्नी बहिनी भने भन्ने नखुलेको प्रहरीको भनाइ छ ।

बिहीबार दिउँसो घटनास्थलमै पुगेर उनले मृतक महिला आफ्नी बहिनी हुन् भन्ने दाबी गरेपछि उनी घटनास्थलबाट हिँडेका थिए। तर, मृतक भनिएकी व्यक्तिले आफू जिवित रहेको भन्दै प्रहरीलाई सम्पर्क गरेपछि प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिएको थियो।

बिहीबार दिउँसो गट्ठाघरमा बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको थियो । सुरुमा प्रहरीले मृतकलाई महिला भन्दै घटना विवरण सार्वजनिक गरेको थियो।

पछि अनुसन्धानको क्रममा मृतक महिला नभएर पुरुष भएको खुलेको थियो। घटनामा परी ओखलढुंगाका ६५ वर्षिय उत्तम कोइरालाको निधन भएको पुष्टि भएको छ ।

मृतकको साथमा उत्तम कोइराला, ओखलढुंगा रातमाटे- ५ लेखिएको सवारी लाइसेन्स फेला परेको थियो । सोही आधारमा खोजी गर्दा उनका आफन्तले आज शवको सनाखत गरेका हुन् ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...