Thursday 22nd January 2026

अमेरिकामा गीतकार मजगैयाँ सम्मानित

काठमाडौँ  अमेरिकामा गीतकार मजगैयाँ सम्मानित गीतकार तथा राप्ती समाज काठमाडौंका पुर्व अध्यक्ष शशि शर्मा मजगैयाँलाई अमेरिकामा सम्मान गरिएको छ । राप्ती सेवा समाज अमेरिका न्युयोर्कको दोश्रो साधारणसभा तथा पहिलो अधिवेशनमा मजगैयाँलाई सम्मान गरिएको हो । समाजमा विगत लामो समयदेखि नैतिक,भौतिक ,सामाजिक तथा सांस्कृतिक हिसाबले पुर्याएको योगदानको कदर गर्दै राप्ती समाज अमेरिकाले मजगैयाँलाई सम्मान गरेको आयोजकले जनाएको छ । यसैबीच समाजले सम्पन्न गरेको दोश्रो साधारणसभा तथा अधिवेशनबाट नयाँ नेतृत्व सहितको कार्यसमितिको चयन भएको छ ।

जसको अध्यक्षमा दाङका दिपक भट्टराइ सर्बसहमतिबाट चयन भएका छन् । यहि मङ्गलबार अगस्ट १३ तारिकका दिन संस्थाको पहिलो अधिबेशनबाट अध्यक्ष सहित सबै पधादिकारि एव कार्यसमिति सर्व सहमतिबाटै चयन गरिएको हो। जस्को बरिस्ठ उपाध्यक्षमा कृष्ण खड्का र अन्य उपाध्यक्षहरुमा लोकमणी न्यौपाने,भावना ओली, बिनोद केसी, बिनय धिताल र जुद्द ओली चयन भएका छन् ।

त्यसैगरी महा-सचिवमा बसन्त अधिकारि, सचिवमा तुल्सिराम ओलि, सह -सचिवमा उमेश बस्नेत, कोषाध्यक्ष खेमराज ओली, सह -कोषाध्यक्षमा शिशिर रावत र सदस्यहरुमा ताराप्रसाद ओली ,बिमला ओली ,टेकबहादुर ओली, शृजा थापा हेमराज केसी,रन्जना बस्नेत, महेन्द्र खडका ,भरत भट्टराइ ,टिकाराम भण्डारि बाबुराजा सिह ,युवराज देबकोटा रहेका छन् भने संस्थाको संरक्षकमा सम्भु बिष्ट, सन्चार विभाग प्रमुखमा सन्तोष शर्मा र सांकृतिक विभाग प्रमुखमा चन्द्र ओलीलाइ चयन गरिएको छ।

कार्यक्रममा वरिष्ठ कलाकार अरुण शाह,समाजका परिकल्पनाकार तथा सल्लाहकार यम अधिकारी ,विकास विष्ट तथा विभिन्न क्षेत्रका सयौं राप्ती वासीहरुको उपस्थिति रहेको थियो ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...