काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको ६१ वर्षको उमेरमा निधन भएको छ ।
न्यायाधीश रेग्मीलाई मस्तिष्कको क्यान्सर भएको थियो |
ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार राति उनको निधन भएको उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन आचार्यले जानकारी दिए ।
न्याय सेवा हुँदै रेग्मी न्यायाधीश बनेका थिए । न्याय सेवाका सहसचिव रेग्मी २०७७ सालमा उच्च अदालतका न्यायाधीश बनेका थिए । उच्च अदालत पाटन, हेटौंडा इजलासमा रजिस्ट्रार पदमा कार्यरत रहँदा उनी उच्च अदालत जनकपुरको न्यायाधीशमा सिफारिस भएका थिए । पछि उनी जनकपुरबाट पाटन सरुवा भएका हुन् ।