साहित्यकार नगेन्द्र रेग्मीको ‘लण्डन डायरी’ सार्वजनिक

काठमाडौं । साहित्यकार नगेन्द्रराज रेग्मीको नियात्रासंग्रह ‘लन्डन डायरी’ प्रकाशनमा आएको छ ।

रेग्मीको बेलायत यात्राको विविध सन्दर्भहरु समावेश गरी लेखिएको ‘लन्डन डायरी’लाई अनुसन्धान विमर्श नेपाल, बागबजारले प्रकाशित गरेको हो ।

‘लण्डन डायरी’का लेखक रेग्मीका पिता राजनीतिज्ञ समाजसेवी र साहित्यकारका रुपमा समेत रहनु भएकोले पिताको सय वर्ष प्रवेशको अवसर र माता श्रीमती मनकुमारी रेग्मीको ९८ औँ वर्ष प्रवेशको अवसर पारेर उक्त यात्रा संस्मरणको पुस्तक पितामाताकै हातबाट लोकार्पण गरिएको थियो ।