Sunday 12th April 2026

प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्री चलचित्र ‘नमेटिने घाउमा ’

कथानक चलचित्रमा समेटिएका पात्रहरुको भूमिकामा कलाकारहरु हुन्छन् । सामान्यतः मुख्य भूमिकामा रहनेलाई हिरो, हिरोइन भनिन्छ । उनीहरुलाई समस्या सिर्जना गर्ने पात्र भिलेन भनेर चिनिन्छन्, अरु सहायक कलाकार हुन्छन् ।

जस्तो– कथाले मागे कुनै कलाकार मन्त्रीको भूमिकामा देखिन्छन् । ती मन्त्री बनेर चलचित्रमा देखिने कलाकार हुन्, मन्त्री होइनन् ।

प्रधानमन्त्रीले धाईधाई आवाज रेकर्ड गराउनु पर्ने कारण रहेछ एसिड आक्रमणमा परेकी ३३ किशोरीको कथालाई समेटेर तयार गरिएको चलचित्रमा उनले केही समय अगाडि अभिनय गरेका थिए । “एसिड आक्रमणका पीडितले न्याय पाउनेछन्, तपाईंहरुको समस्याको समाधान म गर्छु, न्याय दिन्छु । तपाईंहरुले एसिड आक्रमणविरुद्ध सञ्चालन गर्नुभएको अभियानलाई निरन्तरता दिनुहोस्”, यस्तै संवादमा प्रधानमन्त्री ओलीले आवाज भरेका छन् ।

चलचित्रका निर्देशक तथा अभिनेता रमित ढुङ्गानाले दिएको जानकारी अनुसार, चलचित्रमा अभिनयका लागि आफूले गरेको अनुरोधलाई प्रधानमन्त्री ओलीले सहर्ष स्वीकार गरेका थिए ।

चलचित्र नमेटिने घाउको प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्री नेपालको विशेष भूमिका रहेका कारण दुबै नेताको अनुमतिमा दुबैलाई बिशेष महत्व दिएर दुई पोष्टर सार्वजनिक गरिएको पनि रमितले बताएका छन् । चलचित्रमा अभिनयसँगै दुबै नेताले स्वराँकन पनि गरेको उनले बताएका छन् । यता आफुहरुको स्वराँकन सकिएपछि प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्री नेपालले यो चलचित्र फरक र बन्नै पर्ने विषयमा बनाईएको बताएका छन् ।

चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल ,इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी ,आरजु लेखक लगायतको अभिनय रहेको छ । चलचित्रमा सुरवीर पण्डित, सुनिल कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरूको अभिनय रहेको छ।

रमित ढुङ्गाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा प्रहरी उपरीक्षकद्वय बाल नर्सिह राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मा लगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ। ‘नमेटिने घाउ’मार्फत  सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाही को समेत अभिनय रहेको छ ।

चलचित्रमा नीरज कँडेलको छायाङ्कन,बनिश शाहको सम्पादन , ओम सुनारको सङ्गीत र किरण ढकालको एक्सन रहेको छ ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...