वर्षायाममा छालामा के कस्ता समस्या देखिन्छन् ?

चाडो मौसममा हाम्रो वरपरको वातावरण सबै सुख्खा भैरहेको हुन्छ । जसकारण हाम्रो शरीरको छाला पनि सुख्खा भैरहेको हुन्छ । शरीरको सुख्खापनको कारण नै छालामा धेरै समस्याहरु आउने गर्छ ।  चिकित्सकका अनुसार यस्तो समस्या सुरुवाती चरणमा उपचार गर्दा निको हुन्छ । सरसफाइमा ध्यान नदिँदा, शरीर गुम्स्याएर राख्दा र पानीमा धेरै खेल्दा फंगस रोग लाग्छ ।

वर्षा तथा गर्मी याममा छालामा समस्या किन समस्या देखा पर्छ ?

पातलो तन्तुबाट निर्मित छालाले हाम्रो शरीरमा कभरको काम गरिरहेको हुन्छ । शरीरको बाहिरी भागमा रहने यसले शरीरको रगतलाई बाहिर बहन नदिई रक्त बहावमा पनि उत्तिकै सघाउ पु¥याई रहेको हुन्छ । त्यसैले हाम्रो शरीरमा अलिकति मात्रै चोटपटक लागेको खण्डमा वा छालामा क्षति भएमा हामी दुखाइको महसुस गर्दछाैं । छालामा समस्या देखा पर्नाले यसले छालाको स्वरुप त बिगार्छ नै, यसले हाम्रो अनुहार तथा बाहिरी सुन्दरतामा समेत ह्रास ल्याउँछ । जसले व्यक्तिको व्यक्तित्वमा समेत असर पु¥याउँछ । तसर्थ, विभिन्न छाला रोग तथा छाला सम्बन्धिका समस्याहरुबाट बच्नको निम्ति हामीले शरीरको अन्य भागहरुजस्तै छालालाई पनि उचित स्याहार सुसार गर्नुपर्छ । छालामा प्रभाव अन्य कारक तत्वहरुमध्ये बाहिरी वातावरण पनि एक हो । हाम्रो वरपरका वातावरण तथा त्यहाँको धुलोधुवाँ, गर्मी तथा प्रदुषणले पनि प्रत्यक्ष रुपमा छालालाई प्रभाव पार्ने गर्दछ । जाडो महिनाको तुलनामा गर्मीयाम अर्थात् वर्षायाममा छाला सम्बन्धी विभिन्न रोगहरु देखा पर्दछन् । यसको प्रमुख कारणहरु यसप्रकार रहेका छन् ।

१. पसिनाका कारण गर्मीयाम वर्षायाम भएतापनि असन्तुलित वातावरणको कारण हाम्रो शरीरले कहिले घाम त कहिले पानीको सामना गरिरहेको हुन्छ । यस समयमा हाम्रो शरीरबाट पैदा भएको पसिना कतिपय अवस्थामा हामी हाम्रो ज्यानमा नै सुकाउने गर्छाै । पसिना सुकिसकेपछि पसिना आएको भागहरुलाई सफा नगरी त्यत्तिकै सुत्ने गर्छाै । त्यसबाट हाम्रो शरीरमा आँखाले नदेखिने खालका विभिन्न किटाणुहरु पैदा हुने गर्छन् । फलस्वरुपः शरीरका विभिन्न भागहरु विशेषतयाः काखी, शरीरका भित्री भाग तथा काँपहरुमा चिलाउने र स–साना खटिराहरु देखा पर्ने गर्छन् ।

२. फंगल इन्फेक्सन
वीर, त्रिवि शिक्षण अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमै दोस्रो नम्बरमा रहेको समस्या हो, फंगल इन्फेक्सन (संक्रमण)।

गर्मीमा पसिना, वायुमा आद्र्रताको वृद्धि अनि शरीर गुम्सिनाले यो रोग लाग्छ। यो एक प्रकारको ढुसी (फंगाइ) को कारण हुन्छ। कास लाग्नु, खुट्टा पानी÷हिलोले खानु, घाँटी वरपर सेतो दुबी आउनु, नङ पहेंलो हुनु, बाक्लो हुनु, दाद आउनु, १६ वर्षभन्दा मुनिका बालबालिकाको कपालमा खोइरो लाग्नु फंगल इन्फेक्सन हो। 

फंगल इन्फेक्सन हुँदा हात र खुट्टाको औँलाको बीचमा चिलाउने, रातो हुने र छाला उप्किएर छालामा टिकटिक सेतो छाला देखापर्ने, छालामा गोलो रिङ आकार बन्ने, छालामा फोका उठ्ने, कपाल झरेर घाउ हुने लगायतका समस्या देखा पर्छन्। 

पानीमा धेरै काम गर्ने, दिनभर जुत्ता लगाउनुपर्ने, कस्सिएको (टाइट) कपडा÷भित्री वस्त्र लगाउने व्यक्तिमा फंगल इन्फेक्सनको समस्या बढी देखिने पाटन अस्पतालका प्रमुख कन्सल्टेन्ट छाला रोग विशषेज्ञ प्राडा भाष्करमोहन कायस्थले बताए। पाटन अस्पतालमा छालासम्बन्धी समस्या लिएर आउने करिब १ सय जना बिरामीमध्ये गर्मीमा फंगल इन्फेक्सनका २० प्रतिशतजति हुन्छन्। 

‘गर्मी महिनामा पसिना गुम्सिन्छ। तापक्रम र पसिना गुम्सिदा संक्रमण हुने सम्भावना बढी हुन्छ,’ उनले भने। 
समयै उपचार नगरे यो संक्रमण शरीरमा फैलदै जान्छ। फंगल इन्फेक्सन बढी गर्मी महिनामा बढी हुने भएकाले कस्सिएको र शरीर निकै गुम्सिने कपडा नलगाउन उनको सुझाव छ। फंगल इन्फेक्सन एक व्यक्तिबाट अर्कोमा सर्ने भएकाले तौलिया लगायत कपडाहरु साझा रुपमा प्रयोग गर्नु हुँदैन। 

गर्मी महिनामा फंगल इन्फेक्सनको समस्या बढ्ने गरेको त्रिवि शिक्षण अस्पतालका छाला रोग विशेषज्ञ डा श्रेष्ठ बताउँछन्। यो अस्पतालमा करिब २ सयमध्ये २० जना बिरामी फंगल इन्फेक्सनको हुने गरेको उनले बताए। वीर अस्पतालमा फंगल इन्फेक्सनको समस्या लिएर जाने बिरामीको संख्या करिब ३८ जना हुन्छन्। 

वर्षाको समयमा छालामा के कस्ता समस्या देखिन्छन्, यसको उपचार र रोगथामका विषयमा केन्द्रित हुनुपर्छ