Friday 6th March 2026
कुन बार कपाल वा नङ काट्दा शुभ र अशुभ
प्रकृतिको नियम छ कि कपाल वा नङ निरन्तर बढ्छन् । यी मानव अंगका उत्पादन सुन्दरता बढाउने चिज समेत हुन् । मानिसहरु मन लागेको बेला कपाल वा नङ काट्ने गर्छन् ।तर धर्म शास्त्रका अनुसार हप्तामा कुनै बार कपाल वा नङ काट्दा अशुभ र कुनै बार काट्दा शुभ फल मिल्छ ।
नेपाली परम्पराअनुसार हातले खाना खान सिकाइन्छ, त्यहीकारण नङ हाम्रो खानाको सम्पर्कमा आउँछ । त्यसैले नङ सफा राख्नु निकै जरुरी छ ।
नङमा धेरै फोहोर हुन्छ । त्यसैले नङ काटेर औँला सफा राख्नु महत्त्वपूर्ण हुन्छ । प्राय: मानिसहरू नङ काट्ने दिनबारेमा भ्रमित हुन्छन् ।
प्राय राति पनि नङ काट्नु हुँदैन भन्ने गरिन्छ । ज्योतिषका अनुसार सूर्यास्त र त्यसपछि राति नङ काट्नु हुँदैन, यसो गरेमा लक्ष्मी रिसाएर घरमा गरिबी आउने विश्वास छ ।
कुन बार शुभ कुन बार अशुभः
आइतबारः आइतबारलाई सूर्यको दिन मानिन्छ । यो दिन कपाल काट्दा धन, बुद्धी र धर्मको नाश हने महाभारतकव अनुशासन पर्वमा उल्लेख छ ।
सोमबारः सोमबारको दिन कपाल काट्दा मानसिक दुर्वलता हुने र सन्तानका लागि हानिकारिक हुने मानिन्छ ।
मंगलबारः मंगलबार कपाल काट्नु उमेर अर्थात आयुका लागि नोकशानदायक मानिन्छ । कहिले काँहि यसले असामयिक मृत्यु समेत गराउन सक्ने महाभारतमा उल्लेख छ ।
बुधबारः नङ वा कपाल काट्न सबैभन्दा राम्रो दिन बुधवार मानिन्छ । यो दिन कपाल वा नङ काट्दा धन धान्य बढ्ने र खुसियाली आउने महाभारतको अनुशासन पर्वमा उल्लेख छ ।
विहीबारः विहीबार कपाल वा नङ काट्दा धन नास हुने मानिन्छ । यस दिन कपाल काट्दा मान सम्मानमा समेत ठेस पुग्ने धार्मिक विश्वास छ ।
शुक्रबारः शुक्रबार शुक्र ग्रहको दिन मानिन्छ । यो सौन्दर्यको प्रतिक मानिन्छ । त्यसैले शुक्रबार पनि कपाल र नङ काट्नु राम्रो दिन हो ।
शनिबारः शनिबार कपाल वा नङ काट्न अशुभ मानिन्छ । शनिबार कपाल काट्दा मृत्युक भय बढ्ने महाभारतमा उल्लेख छ ।
यसो त साउन महिनामा कपाल काट्नै हुन्न । शास्त्रीय मान्यताअनुसार साउनभरि भगवान विष्णु आफ्नो कुटीमा आराम गर्न बस्छन् । उनी आराम गर्न बसेको बेला कपाल काट्न हुँदैन । कपाल काट्ने कार्य शुभकर्म भएकाले पनि भगवान विष्णु सुतेका बेला शुभकर्म गर्न नहुने मान्यता रहेको पाईन्छ ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
