महिलामा हरेक महिनाको एक पटक हुने रक्तश्रावलाई महिनावारी भनिन्छ। यो प्राकृतिक प्रक्रिया हो।धेरै महिलाहरुले औषधि समेत सेवन गरे पनि कम नहुने समस्या हुने गरेको पाइन्छ । चिकित्कका अनुसार यस्तो अवस्थामा औषधि सेवनगर्न खतरा हुन्छ । तर घरायसी उपचार तथा योग आसनबाट महिनावारीको समयमा धेरै सजिलो र पीडा कमहुने विशेषज्ञको राय छ । योग आसन अभ्यास गर्नाले महिनावारीमा हुने पेट तथा ढाडको दुखाई कम गराउन सकिन्छ ।
महिनावारीका बेला हुने पीडाबाट छुटकारा पाउन प्रायः महिलाले दुखाइ कम गर्ने औषधि खाने गर्छन् । नियमित औषधि सेवनले शरीरमा विभिन्न समस्या उत्पन्न गर्न सक्छ । यस्तोमा योगका केही अभ्यास गर्ने हो भने महिनावारीको समयमा हुने समस्याबाट छुटकारा मिल्न सक्छ ।
यस्तोमा महिनावारी हुँदा प्राकृतिक रुपमा शरीरलाई आराम, दिमागलाई ताजा, पेट र कम्मर दुखाइबाट बच्न योगासनले धेरै हदसम्म मद्दत गर्छ । योगाभ्यासलाई आफ्नो दैनिकीको भाग बनाउन सकियो भने शरीर हलुका तथा ऊर्जावान् र दिमाग सदाबहार शान्त रहन्छ ।
सबैले बुझ्नुपर्ने कुरा महिनावारी कुनै कमजोरी होइन, यो सृष्टिको एक अभिन्न अंग हो। यसले सबै महिलामा धेरै महत्व राख्छ। यस अवस्थामा महिलाहरु अलिक बढी सजग र सावधान भने हुनुपर्छ। तसर्थ महिनावारीलाई कमजोरी नसम्झि यस अवस्थालाई सहज र सरल बनाउँन उचित आहार, उचित विचारसँगै पानीको उचित प्रयोग गर्दै नियमित व्यायाम गर्ने गरेमा महिनावारीमा हुने दुखाई र समस्याबाट सजिलै बच्न सकिन्छ। महिनावारीलाई सहज र सरल बनाउन सकिन्छ।
उष्ट्रासन
‘उष्ट्र’ एक संस्कृत भाषाको शब्दहो । र यसको अर्थ ‘ऊँट’ हो । उष्ट्रासनलाई अंग्रेजीमा ‘क्यामेल पोज’ भनिन्छ । यो आसनगर्न सुरुमा घुँडा टेकेर बस्नुपर्छ । र टाउको मास्तिर फर्काएर दुबै हातले खुट्टा समाउनपर्छ । यसले कम्मर र काँधलाई मजबुत बनाउनुका साथै कम्मरको दुखाइकम गर्छ ।
मार्जरासन
मार्जरको अर्थ बिरालो हो । यस आसन गर्नका लागि सुरुमा दुबै हातलाई भुईंमा राख्नुपर्छ । त्यसपछि हातमा शरीरको भार राखि कम्मरलाई केहि माथि उठाउनु पर्छ । यो गर्दा पिठ्यु, गर्धन र टाउकोको भाग समान राख्ने र उठाएर गोल बनाउनुपर्छ । यसबेला शरीरको पूरा भार हात र घुँडाले थाम्नु पर्छ । मार्जरासनले काँध, कम्मर तथा पिठ्युको दुखाइ कम गरी शरीरमा रक्तसंचार समेत राम्रो सँग प्रवाह गर्छ ।
शवासन
शवासन, योग विज्ञानको महत्वपूर्ण आसनहो । आम रूपमा शवासन सरल आसनहो । किनकी कुनै पनि व्यक्ति उत्तानो परेर हातखुट्टा फैलाएर एकाग्रह हुने आसनहो । तर शवासन योग विज्ञानको सबैभन्दा कठिन आसनहरूमध्ये एक हो । यसमा एकाग्रता आवश्यक हुन्छ । यो अन्य योग गरिसकेपछि गरिने योग आसनहो । यो आसन गर्नाले शरीरको भित्री भागसम्म आराम मिल्छ ।अपनासना
यो आसन गर्नाले कम्मरको दुखाई कम गर्छ । साथै पेटका मांशपेशीहरू मजबुत गराउन मद्दत गर्छ । यसले पेटमा रगतको सञ्चार पनि बढाउँछ । साथै यसले दुखाइबाट पनिआराम दिन्छ । यो आसनगर्दा उत्तानो परेर सुतिन्छ । त्यसपछिदुबै घुँडालाई हातले तानेर छातिमा टाँसिन्छ ।