Thursday 22nd January 2026
महिनावारी समस्यामा गर्न सकिने योगासनहरू
महिलामा हरेक महिनाको एक पटक हुने रक्तश्रावलाई महिनावारी भनिन्छ। यो प्राकृतिक प्रक्रिया हो।धेरै महिलाहरुले औषधि समेत सेवन गरे पनि कम नहुने समस्या हुने गरेको पाइन्छ । चिकित्कका अनुसार यस्तो अवस्थामा औषधि सेवनगर्न खतरा हुन्छ । तर घरायसी उपचार तथा योग आसनबाट महिनावारीको समयमा धेरै सजिलो र पीडा कमहुने विशेषज्ञको राय छ । योग आसन अभ्यास गर्नाले महिनावारीमा हुने पेट तथा ढाडको दुखाई कम गराउन सकिन्छ ।
महिनावारीका बेला हुने पीडाबाट छुटकारा पाउन प्रायः महिलाले दुखाइ कम गर्ने औषधि खाने गर्छन् । नियमित औषधि सेवनले शरीरमा विभिन्न समस्या उत्पन्न गर्न सक्छ । यस्तोमा योगका केही अभ्यास गर्ने हो भने महिनावारीको समयमा हुने समस्याबाट छुटकारा मिल्न सक्छ ।
यस्तोमा महिनावारी हुँदा प्राकृतिक रुपमा शरीरलाई आराम, दिमागलाई ताजा, पेट र कम्मर दुखाइबाट बच्न योगासनले धेरै हदसम्म मद्दत गर्छ । योगाभ्यासलाई आफ्नो दैनिकीको भाग बनाउन सकियो भने शरीर हलुका तथा ऊर्जावान् र दिमाग सदाबहार शान्त रहन्छ ।
सबैले बुझ्नुपर्ने कुरा महिनावारी कुनै कमजोरी होइन, यो सृष्टिको एक अभिन्न अंग हो। यसले सबै महिलामा धेरै महत्व राख्छ। यस अवस्थामा महिलाहरु अलिक बढी सजग र सावधान भने हुनुपर्छ। तसर्थ महिनावारीलाई कमजोरी नसम्झि यस अवस्थालाई सहज र सरल बनाउँन उचित आहार, उचित विचारसँगै पानीको उचित प्रयोग गर्दै नियमित व्यायाम गर्ने गरेमा महिनावारीमा हुने दुखाई र समस्याबाट सजिलै बच्न सकिन्छ। महिनावारीलाई सहज र सरल बनाउन सकिन्छ।
उष्ट्रासन
‘उष्ट्र’ एक संस्कृत भाषाको शब्दहो । र यसको अर्थ ‘ऊँट’ हो । उष्ट्रासनलाई अंग्रेजीमा ‘क्यामेल पोज’ भनिन्छ । यो आसनगर्न सुरुमा घुँडा टेकेर बस्नुपर्छ । र टाउको मास्तिर फर्काएर दुबै हातले खुट्टा समाउनपर्छ । यसले कम्मर र काँधलाई मजबुत बनाउनुका साथै कम्मरको दुखाइकम गर्छ ।
मार्जरासन
मार्जरको अर्थ बिरालो हो । यस आसन गर्नका लागि सुरुमा दुबै हातलाई भुईंमा राख्नुपर्छ । त्यसपछि हातमा शरीरको भार राखि कम्मरलाई केहि माथि उठाउनु पर्छ । यो गर्दा पिठ्यु, गर्धन र टाउकोको भाग समान राख्ने र उठाएर गोल बनाउनुपर्छ । यसबेला शरीरको पूरा भार हात र घुँडाले थाम्नु पर्छ । मार्जरासनले काँध, कम्मर तथा पिठ्युको दुखाइ कम गरी शरीरमा रक्तसंचार समेत राम्रो सँग प्रवाह गर्छ ।
शवासन
शवासन, योग विज्ञानको महत्वपूर्ण आसनहो । आम रूपमा शवासन सरल आसनहो । किनकी कुनै पनि व्यक्ति उत्तानो परेर हातखुट्टा फैलाएर एकाग्रह हुने आसनहो । तर शवासन योग विज्ञानको सबैभन्दा कठिन आसनहरूमध्ये एक हो । यसमा एकाग्रता आवश्यक हुन्छ । यो अन्य योग गरिसकेपछि गरिने योग आसनहो । यो आसन गर्नाले शरीरको भित्री भागसम्म आराम मिल्छ ।अपनासना
यो आसन गर्नाले कम्मरको दुखाई कम गर्छ । साथै पेटका मांशपेशीहरू मजबुत गराउन मद्दत गर्छ । यसले पेटमा रगतको सञ्चार पनि बढाउँछ । साथै यसले दुखाइबाट पनिआराम दिन्छ । यो आसनगर्दा उत्तानो परेर सुतिन्छ । त्यसपछिदुबै घुँडालाई हातले तानेर छातिमा टाँसिन्छ ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
