Wednesday 11th March 2026
नेपालबाट आउनुभएका पण्डित बालकृष्ण ज्ञवालीको अगुवाइमा हङ्कङ हिन्दू मन्दिरमा विभिन्न धार्मिक कार्यक्रम सम्पन्न
हङकङ नेपाल हिन्दू एसोसिएसनले नयाँ बर्ष २०७४ तथा आफ्नो स्थापना दिवस
का अवसरमा विभिन्न आध्यात्मिक तथा धार्मिक कार्यक्रमहरू सम्पन्न गरेको छ ।
एसोसिएसनले संचालन गरेको हङकङ यमुताइ स्थित हिन्दू मन्दिरमा नेपालबाट आउनुभएका पण्डित बालकृष्ण ज्ञवालीको अगुवाइमा चैत्र १५ गतेदेखि नित्य पूजा पाठ,प्रवचन तथा भजन(किर्तन संचालन गरिएको थियोे।शुक्रबार नयाँ बर्ष प्रवेशका अवसरमा हिन्दू मन्दिर परिसर यमुताइबाट बिश्वशान्ति कलश यात्रा सुरु गरी जोर्डन,काउलूनलगायतका सहरका विभिन्न भागमा परिक्रमा गरी पुनः मन्दिरमा आइ समापन भएको थियो ।सांझ नजिकै रहेको मङ्की हिलमा गइ भजन किर्तनका साथ लाखबत्ती समेत प्रज्वलन गरियो। १५ दिने धार्मिक तथा आध्यात्मिक अनुष्ठान समापन कार्यक्रमका अवसरमा मन्दिरमा योगदान पुर्याउने तथा आजीवन सदस्यता ग्रहण गर्ने व्यक्तिहरूलाई सम्मान समेत गरियो ।
नेपाली महाबाणिज्य दूत कमल
प्रसाद भट्टराईले दिप प्रज्वलन गरी बिधिवत पुजन गरेर कार्यक्रमको शुभारम्भ गर्नुभयो ।सो अवसरमा महाबाणिज्य दूत भट्टराईले धर्म,संस्कृतिले मानिसमा संस्कार र आचरणको बिकास गर्ने बताउनुभयो । उहाँले भौतिकसंगै आध्यात्मिक बिकास गर्न सके समाजको सन्तुलित बिकास हुने बताउनुभयो।
एसोसिएसनकी अध्यक्ष गोमादेवी शर्माले हिन्दू मन्दिर हङकङमा रहने सम्पूर्ण नेपालीको आस्थाको केन्द्र भएकाले हरेक चाड्बाड र पर्वलाई मन्दिरले बिधिवत रुपमा मनाउंदै आएको बताउनुभयो । ्रकवच पत्रिका सम्पादक तथा आद्यात्मीक पत्रकार समाजका अध्यक्ष्य शिरोमणि
दवाडीले विश्व शान्तिका लागि आध्यात्मिक अनुष्ठान अपरिहार्य हुने बताउनुभयो ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
