Wednesday 11th March 2026
कथावाचिका देवी प्रतिभाको प्रवचन समय दुई दिनका लागि थपियो
काठमाडौं | अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले थप दुई दिन पशुपति कोटिहोम महायज्ञमा बसेर कथा वाचन गर्नुहुने भएको छ । शनिबार नै भारत फर्किनेगरी महायज्ञमा कथा प्रवचन गर्न आएकी देवीप्रतिभा सोमबारसम्म नेपालमै बस्ने हुनुभएको हो ।
उनले भोलिदेखि भारतमा हुने प्रवचन केही समयलाई पर सारेर थप दुई दिन पशुपति कोटिहोममा प्रवचन दिन लागेकी हुन् । आयोजक मानव सेवा फाउण्डेसनका अनुसार दर्शकबीच अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले आज आइतबार र भोली सोमबार गरेर अझै दुई दिन पशुपति कोटिहोम महायज्ञमा कथा प्रवचन गर्नेछन् । दुई दिनको बिहानी सत्रमा रामकथा प्रवचन गर्ने कार्यक्रम रहेको छ ।
कोटिहोम महायज्ञबाट विश्व कल्याणसँगै ललितपुरमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको ताथलीमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माणको सहयोगार्थ उक्त महायज्ञ आयोजना गरिएको हो ।
ऐतिहासिक श्री पशुपति कोटिहोम धार्मिक तथा साँस्कृतिक तुलादान महामहोत्सव एवं १०८ श्रीमद्भागवत संकट मोचन (दुःख निवारण) शिव महापुराण धनधान्याचल श्री रामायण कथा मासिक पितृ उद्धार तथा मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माण आदि सहयोगार्थ सँगसँगै आश्रमहरूको सर्वाङ्गीण विकासका लागि उक्त ज्ञान महायज्ञ आयोजना गरिएको फाउण्डेशनले जनाएको छ ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
