Thursday 12th March 2026
मदन नेपालको मुक्तकसंग्रह ‘मनीषा’ सार्वजनिक
काठमाडौ । मदन नेपालको मुक्तकसंग्रह ‘मनीषा’ सार्वजनिक भएको छ ।
आज एक कार्यक्रम विच साहित्यकार विजयध्वज थापा,ज्ञानुवाकर पौडेल,प्रा.डा. गोविन्द मानसिंह कार्की,मुक्तक प्रतिष्ठानका अध्यक्ष रामप्रसाद कोने,शैलेन्द्र कुमार थापा लगायतले कृति सार्वजनिक गरे ।
हामी र हाम्रो कृति समाजको आयोजनामा भएको कार्यक्रममा प्राडा. गोविन्दमान सिंह कार्कीले कृति माथि समीक्षा गर्दै मनीषा अरु नेपाली साहित्य बजारमा प्रकाशित गरिएका मुक्तकसंग्रह भन्दा विल्कुल फरक ढंगले आएको बताए । यस कृतिमा मुक्तकको सैद्धान्तिक पक्ष सहित विभिन्न अग्रज र समकालीन मुक्तककारहरुले दिएका शब्दहरुमा मुक्तककारले सृजना गरेको बताए । यसमा उनीहरुको संक्षिप्त परिचय समेत राखिएको जानकारी दिए । हरेक मुक्तकमा विश्लेषण समेत पस्किएकोले मुक्तकसँग्रह पठनीय भएको उनले बताए ।
शुभकामना मन्तब्य राख्दै मुक्तक प्रतिष्ठानका अध्यक्ष रामप्रसाद कोनेले स्रष्टाको कार्यको उच्च प्रशंसा गर्दै ढिलो आएको तर सुन्दर कृति आएको टिप्पणी गरे । यसैगरी विभिन्न कविहरुले मनीषामा समावेश मुक्तकहरु बाचन गरेको उक्त कार्यक्रममा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले शुभकामना मन्तब्य व्यक्त गर्दै असल कार्यको निम्ति मदन नेपाल धन्यवादका पात्र भएको बताए । मनीषाका स्रष्टाले रचनागर्भ सहित आफ्ना अनुभूतिहरु ब्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार विजयध्वज थापाले असल कर्ममा आफ्नो तर्फबाट सदा साथ सहयोग रहने बताए । कृतिको निम्ति मदन नेपाललाई उनले बधाइ पनि दिए ।
भुवन शिवाकोटी चौघरेको सञ्चालनमा भएको उक्त कार्यक्रममा आयोजक संस्थाकी उपाध्यक्ष नम्रता उप्रेतीले स्वागत मन्तब्य राख्नुभएको थियो ।
२सय ५१ वटा मुक्तकहरु समावेश भएको उक्त कृति हामी र हाम्रो कृति समाजले प्रकाशन गरेको हो ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
