Thursday 12th March 2026
अमेरिकामा अनेसासको कविता महोत्सब
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले एएनएको सहकार्यमा अमेरिकामा कविता महोत्सव– २०२४ आयोजना गरेको छ । सो महोत्सब नेपाली काव्य प्रधर्वनका लागि आयोजना गरिएको समाजका अध्यक्ष गोवर्धन पुजाले राजधानीलाई जानकारी गराएका छन् ।
अमेरिकाको सन् फ्रान्सिस्कोमा सहरमा एएनएको ४२ औँ सम्मेलनको आवसर पारेर आफुहरुले कविता महोत्सब आयोजना गरेको पनि उनले बताए ।
सो कार्यक्रममा प्रवासमा नेपाली काव्यको अबस्था’बात चर्चा गरियो । कार्यक्रममा त्यहाँ रहेको विभन्न कविहरूले आफ्ना कविता वाचन गरेर महोत्सबलाई काब्यमय तुल्याएका छन् । अनेसास नर्दर्न क्यालिफोर्निया च्याप्टरकी अध्यक्ष गीता बजगाईको संयोजकत्वमा सो महोत्सब सम्पन्न भएको हो ।
महोत्सबमा गद्य र पद दुबै प्रकारका कविताहरु बाचन गरिएको थियो । कार्यक्रममा प्रतियोगी कविहरू र अप्रतियोगी कवितहरुले कविता सुनाए । जस मध्य प्रतियोगी कविहरुमा जमुना भट्टराई(सन् फ्रान्सिस्को) प्रथम, प्रकाश पाण्डे ( लस एञ्जलस) द्वितीय र उमा शर्मा नर्थ क्यारोलिना)तृतीय भए ।
यी वितेजाहरुलाई रोहिणी शर्मा, तीर्थराज पाण्डे र डन कार्कीको सहयोगमा क्रमश ५ सय, ३ सय र २ सय अमेरिकी डलर प्रदान गरिएको कार्यक्रम सँयोजक गीताले जानकारी गराईन् ।
महोत्सबमा भारती गौतम, नीलम कार्की निहारिका र धर्मराज कोइराला निर्णायक रहेका थिए । प्रतियोगीतामा प्रतियोगी कविहरूसहित बालकुमारी घिमिरे, जमुना भट्टराई, पुष्पराज पौडेल; कोलोराडो, नारायण भट्टराई, उमा शर्मा, प्रकाश पाण्डे, डा टीका लम्साल, बाबु आचार्य, प्रमोद अमात्य, कविन्द्र सिटौलालगायतले दुई दर्जन भन्दाबढी अप्रतियोगी कविहरुले कविता बाचन गरे ।
महोत्सबमा त्यहाँ रहेका साहित्यकारहरुको केही पुस्तकहरु समेत विमोचन गरिएको पनि अध्यक्ष गोवर्धनले जानकारी गराए । डायस्पोरामा नेपाली साहित्यको अबस्था’बात सो महोत्सबमा चर्चा गरिएको थियो ।
सो महोत्सबमा अनेसासका अध्यक्ष गोवर्धन, महोत्सबमा अनेसास बीओटी सभापति पदम विश्वकर्मा, अनेसासका नवनिर्वाचित अध्यक्ष सर्वज्ञ वाग्ले, एएनए अध्यक्ष खगेन्द्र अधिकारी, अनेसासका पूर्व अध्यक्ष मोहन सिटौला, उपाध्यक्ष क्रान्ति भण्डारी, अनेसास बीओटी सदस्य धर्मराज कोइराला, अनेसास नर्दर्न क्यालिफोर्निया च्याप्टरका संस्थापक अध्यक्ष ध्रुव थापा, अनेसास नर्दर्न क्यालिफोर्निया च्याप्टरकी उपाध्यक्ष रीतादेवी प्रधानलगायतले त्यहाँ नेपाली सहित्यको प्रवर्धन बात आफ्नो भनाई राखे ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
