Thursday 22nd January 2026

दोश्रो पटक ब्रेन ट्युमर भएका बिरामीलाई आर्थिक सहयोग प्रदान :


दोश्रो पटक ब्रेन ट्युमर भइ आकस्मिक उपचार पछि हाल अन्नपूर्ण न्युरो अस्पतालमा स्वास्थ्य लाभ लिइरहनुभएका बाग्लुङ, निसिखोला- ४ थापागाउँ स्थाइ ठेगाना भइ हाल कपिलबस्तु बाणगंगा नगरपालिका -२ राजपुरका टंकबहादुर रेग्मीलाई आर्थिक सहायता गरिएको छ । आर्थिक अभावमा उपचार प्रक्रियामा अप्ठ्यारो परेको जानकारी पाएपछि हङकङ स्थित राज भण्डारी (भुमीराज भण्डारी ) को पहल र राम केसी र कृष्ण  कँडेलको समेत सकृयतामा हङकङबाट संकलित रकम  २,८२,६०० (दुई लाख बयासी हजार छ सय) र जापानबाट बालकृष्ण रिजाल र पर्वत समाज जापानको पहलमा ने.रू ३३,८५८ (तेत्तिस हजार आठ सय अन्ठाउन्न) गरी जम्मा भएको सहयोग रकम रू ३,१६,५०० (ने.रू. तिन लाख सोह्र हजार पाँच सय) बिरामीलाई सहयोग स्वरुप हस्तान्तरण गरिएको हो। हस्तान्तरण कार्यक्रमलाई दिब्य समाजका सचीव  संचारकर्मी शिरोमणि दवाडी र सदस्य यदुनाथ गैरेले सहजीकरण गर्नुभएको थियो। सहयोग रकम ग्रहण गर्दै निकै भावुक मुद्रामा स्वयं बिरामी र उँहाका आफन्तहरूले  यस सहयोग अभियानमा साथ, सहयोग दिनुहुने सबैमा धन्यबाद ब्यक्त गर्नुभयो । उपचाररत रेग्मीले बिदेशबाट आफ्नो पसिनाको कमाइ छुट्याएर सहयोग गर्नुभएको कुराले आफूलाई आत्मबल मिलेको मिलेको बताउनुभयो । सहयोग रकम हस्तान्तरण गर्दै दाता केसी र कँडेले बिरामीको सिघ्र स्वास्थ लाभको कामना गर्दै सबैमा थप सहयोगको अपिल पनि गर्नुभयो । हङकङबाट भण्डारीले आफूहरूले सहयोग पठाइ नेपालमा रहेका बिरामीको स्वास्थ लाभ हुँदै गएको सुन्दा अत्यन्त खुसी लागेको बताउनुभयो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रम गर्नुहुने दिब्य समाजका सचीव संचारकर्मी शिरोमणि दवाडी र सदस्य यदुनाथ गैरेले मानबता नै ठूलो धर्म रहेकाले सबैले सबैलाई परेको बेला सहयोग गर्नु मानव कर्तव्य रहेकोमा जोड दिनुभयो ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...