Friday 6th March 2026
टाैदहमा हाइकु यात्रा सम्पन्न ।

नेपाल हाइकु केन्द्रकाे आयाेजनमा टाैदहमा “ऋतुगत हाइकु यात्रा” सम्पन्न भएकाे छ । वशन्त ऋतु र मच्छिन्द्र नाथको रथ यात्राको सन्दर्भ जोडेर शनिवार टाैदहमा आयाेजित “ऋतुगत हाइकु यात्रा” मा २० जना हाइजिनहरुले त्यहाँको प्राकृतिक वातावरणमा विचरण गर्दै स्थलगत रुपमै हाइकु रचना गरि बाचन समेत गर्नुभएको थियो । कार्यक्रमकाे शुभारम्भमा बरिष्ठ साहित्यकार, हाँस्यब्यङ्ग लेखक तथा नेपाल हाइकु केन्द्रका अध्यक्ष राम कुमार पाँडेले हाइकुकाेकाे बिकास र विस्तार जापनबाट भएको भए पनि अहिले यसको विश्वब्यापी लोकप्रियता रहेको बताउनु भयो। प्राकृतिक बिम्ब प्रयोग गरी १७ अक्षरमा लेखिने खँदिलो साहित्य भएकाले यसको सिर्जना गर्न साधना नै हुनुपर्ने बताउँदै उहाले ऋतु र प्रकृतिको सम्बन्ध रहेकाले यात्रा हाइकुलाई जोड दिएको प्रष्ट पार्नुभयो।

कार्यक्रमकाे औचित्य बारे प्रकाश पार्दै नेपाल हाइकु केन्द्रका उपाध्यक्ष डा. मित्रबन्धु पाैडेलले हाइकु यात्रालाई बिगत केही बर्षदेखि निरन्तरता दिँदै आएको उल्लेख गर्नुभयो।उंहाले यसअघिका कार्यक्रममा वाचित सिर्जनालाई कृतिका रुपमा संग्रहित गरिएको स्मरण गराउँदै सिर्जनाको अभिलेखीकरण अपरिहार्य रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा राम कुमार पाँडे, शिराेमणि दवाडी, डा.राम दयाल राकेश, डा.मित्रबन्धु पाैडेल, घनश्याम गाैतम “नक्कली प्रचण्ड”, किशाेर बज्र बज्राचार्य, पशुपति दँगाल, बिजयराज आचार्य, चन्द्र कला शाह, बिष्णु तिवारी, शान्ति सापकाेटा, गाेपाल नेपाल, किरण पाैडेल, असाेक मान सिँह , सरस्वती पन्त, डा.यादब ढुङ्गाना र पत्रकार सानू घायल लगायतका श्रष्टाहरूले हाइकु सिर्जना प्रस्तुत गर्नुभएको थियो। ऋतुहरुकाे बिषयमा हाइकु लेख्ने अभियान अनुरुप वसन्त ऋतुका अवसरमा यस बर्षको कार्यक्रम प्रारम्भ गरिएको कार्यक्रम सन्चालक सन्चारकर्मी शिराेमणि दवाडीले जानकारी गराउनुभयाे ।
यसै अवसरमा डा मित्रबन्धु पौडेलद्वारा रचित अंग्रेजी हाइकु संग्रह “आउट पौर” र डा. यादव ढुङ्गानाद्वारा रचित कविता संग्रह ” भावना -२ “पनि बिमोचन गरिएको थियो।

शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
