Wednesday 14th October 2026

आध्यात्मिक पत्रकारिताको आवश्यकतामा जोड


काठमाण्डौ,२६ चैत्र -आध्यात्मिक बक्ता तथा पत्रकारहरूले स्वच्छ,शान्त र सुसंस्कृत समाज निर्माणका लागि आध्यात्मिक पत्रकारिताको आवश्यकतामा जोड दिनुभएको छ।अध्यात्म आफू भित्रको ज्ञान र विवेक चिन्ने बिषय भएकाले यसको मार्ग पहिल्याउन संचार जगतले अगुवाइ लिन सके समाजमा नैतिक शिक्षाको अभाव पनि मेटिदै जाने बताउँदै उहाँहरूले यसका लागि पहिले पत्रकार स्वयं आध्यात्मिक बन्नुपर्नेमा जोड दिनुभएको छ।
आध्यात्मिक पत्रकार समाज (आपस)को बार्षिक उत्सबका अवसरमा  आयोजित “आध्यात्मिक पत्रकारिता आजको आवश्यकता बिषयक अन्तरक्रियामा उहाँहरूले यो कुरा बताउनुभएको हो।
इतिहास तथा संस्कृति बिद प्राद्यापक डा.श्रीराम उपाध्याय न्यौपानेले देवभूमी,तपोभूमी नेपालका हरेक भौगोलिक,सांस्कृतिक र धार्मिक बिषय बिश्वकै लागि उदाहरण बन्ने बताउनुभयो । धार्मिक अभियन्ता तथा बक्ता डा. चिन्तामणि योगीले भौतिक बिकासलाई सन्तुलन मिलाउन आध्यात्मिक चिन्तन जरुरी भएको उल्लेख गर्नुभयो। बिकाश पत्रकार मन्चका अध्यक्ष गोपिकृष्ण ढुङ्गानाले नेपालमा प्रसस्त धार्मिक ज्ञाता भएको उल्लेख गर्दै पहिले पत्रकारिता क्षेत्रले उहाँहरूबाट आध्यात्मिक ज्ञान लिनु जरुरी रहेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले पत्रकारिता क्षेत्रका बिसंगतीलाई हटाउन नैतिक तथा आध्यात्मिक शिक्षा जरुरी रहेको औल्याउनुभयो।यसका लागि पहिले पत्रकार आफैं उदाहरण बन्न सके बल्ल समाजले अनुसरण गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश एसोसिएट्सका महासचिव रोयल आचार्य,संचारकर्मी केशव चौलागाईं,रिता लिम्बू,धार्मिक अभियन्ता अरुण पाण्डेले बोल्नुभएको थियो।आपसका तर्फबाट अध्यक्ष शिरोमणि दवाडी,उपाध्यक्ष सन्तोष वशिष्ठ तथा महासचिव लक्ष्मण पन्थीले संस्थाको उदेश्य तथा कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो।
अध्यक्ष दवाडीका अनुसार १० बर्ष अघिबाट अभियान सुरु गरेको आध्यात्मिक पत्रकार समाज (आपस)ले गत बर्ष मात्र बिधिवत दर्ता प्रक्रिया पूरा गरे पछि यस बर्ष पहिलो बार्षिक उत्सब मनाएको हो।सातै प्रदेशमा प्रदेश कमिटी र युरोप,अमेरिका तथा मध्य पूर्व गरी १० देशमा अन्तर्राष्ट्रिय संजाल कमिटी पनि बिस्तार गरिसकेको छ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...