के हो प्रारब्ध र पुरुषार्थ ?

  • पं वालचन्द्र अधिकारी
    सन्चित कर्म परिपक्क भएर जव फल दिन तयार हुन्छ , तब त्यसलाई नै प्रारब्ध कर्म भनिन्छ । सन्चित भएको कर्महरु मध्ये केही कर्महरु परिपक्क भएर फल दिन तयार भए भने जीवलाई त्यस अनुरुप शरीर प्राप्त हुन्छ र त्यो शरीरले पूर्वनिश्चित प्रारब्ध कर्म फल भोगिसकेपछि मात्र त्यो शरीर नष्ट हुने गर्दछ ।
    यस्माच्च येन च यमा च यदा च पच्च ।
    यावच्च पत्र च शुभाशुभमात्म कर्म ।।
    तस्माच्च तेन च तथा च तदम च तच्च ।
    तावच्च तत्र च विधातृवशाद् उपैति ।।
    —नीतिशास्त्र
    अर्थात जसबाट, जसद्धारा, जस्तो तरीकाले, जुनवेला, जहिले सम्मको लागि, जुन ठाउँमा शुभाशुभ क्रियमाण कर्म गरिएको थियो, सन्चित भएको त्यसै कर्मकाल, त्यस्तै तरिका र त्यही नै समयमा तिनै कर्महरु प्ररब्ध वनेर जीवात्मा समक्ष उपस्थित हुन्छन् । प्रारब्धवादीहरुले पुरुषार्थको अस्पष्ट अर्थलाई जान्नु आवश्यक हुन्छ । उनीहरुले निम्न श्लोक अनुसार आफ्नो दृढ विश्वासमा अघि वढेको पाइन्छ ।
    मा धाव मा धाव तिनैव द्रव्यं न धावनं कारणमास्ति लक्ष्म्य ः ।
    चेद् धावनं कारणमास्ति लक्ष्म्याः श्वः धावमानो न कचं धनाढ्यः ?
    अर्थातः केवल धनार्जनको लागि दिनरात दौड धुप नगर किनकी रात दिन दौडेर हिड्ने कुकुर पनि धनि भएका छैनन् । यसको भावार्थ प्रारब्धवत् कर्म गर्दै जीवनलाई स्वतः रुपमा अघिवढ्न दिनु भन्ने हुन जान्छ ।
    अव पुरुषार्थको चर्चा गरौं । मनुष्यलाई आफ्नो जीवनकाल पर्यन्त अनेक वस्तुहरु जस्तै धन, स्त्री, पुत्र, पुत्री, वाहन,पद, महल,यश,कीर्ति,धर्म,मोक्ष अदि प्राप्त गर्ने इच्छा प्रवलरुपमा भईनै रहन्छ । पुरुषार्थ र प्ररब्ध एक अर्कामा अन्योन्यासित छन् ।एउटाले भूतकालिन क्रियालाई जनाउँछ भने अर्काले वर्तमान कालिन फल अर्थात परिस्थितिलाई निर्देशित गर्दछ । तर प्ररब्धलाई अत्यन्त रुपमा मानेर जेको पनि प्रारब्धमा लगेर जोड्नेहरुले यस्तो भनेको पनि सुनिन्छ ः
    “पणिवाणि तु मर्तव्यं न पणिवा तु मर्तव्यम् तव रटा—रट किं मर्तव्यम्”
    अर्थात जो विद्यार्थी अत्यन्त प्रारब्धवादी छ र परिश्रम गर्न चाँहदैन त्यस्ता विद्यार्थीको विचार अनुरुप गुरुलाई गरिएको प्रश्न हो यो । यसको तात्पर्य हुन्छ “पढे पनि मर्नै पर्छ, नपढे पनि मर्नै पर्छ, रटी रटीकन किन मर्ने ?”
    हुन त प्रारब्ध भोग्नै पर्छ र प्रारब्धमा भएमात्र केही कुरा मिल्दछ भन्ने कुरा यथार्थमा सिद्ध छ तर मनुष्यले विवेकले गर्नेु पर्ने कुरा के हो भने प्ररब्धले हाम्रो जीवनमा कस्तो भूमिका खेल्दछ र पुरुषार्थको कति महत्व छ ? सम्पत्ति हुनु प्रारब्ध हो भने त्यसको सदुपयोग गरि सन्तोषपूर्वक सुखशान्तिको अनुभव गर्नु पुरुषार्थ हो । आफू धनी भैयोस या गरिव आफ्नो अवस्थालाई वुझेर परिस्थितिको लाभ उठाएर मोक्ष प्राप्तीको लागि प्रयत्न गर्नु धर्मशास्त्रले पुरुषार्थ मान्दछ । ब्यवहारमा पुरुषार्थका विषयमा विविध क्षेत्र मानेपनि धर्मशास्त्रले पुरुषार्थलाई चार भागमा बाँढेको छ – धर्म, अर्थ, काम, मोक्ष ।
    सांसारिक मनुष्यमा जति पनि इच्छाहरु हुन्छन् ती सबै नै यी चार पुरुषार्थमा अन्तरभूत हुन्छन् । धर्मद्धारा प्राप्त गरिएको धनलेमात्र आनन्द दिन सक्दछ । अधर्मद्धारा आर्जन गरिएको धन अनर्थको कारण वन्न जान्छ । धर्म शास्त्रले अर्थ र कामलाई प्रारब्धका भरमा छोड्न निर्देश गरेको छ । यसरी नै धर्म र मोक्षलाई प्रारब्ध भरमा नछोडी धर्मपूर्वक प्राप्त भएको अर्थवाट सन्तुष्ट भएर जीवनको अन्तिम ध्यय मोक्ष प्राप्तीको लागि सतत् पुरुषार्थ गरिरहनु पर्दछ । काम र अर्थलाई प्रारब्धको भरमा छोड्नाले मनुष्यको समय वरवाद हुन पाउँदैन किनकि पुरुषार्थहरु विशेषतः प्रारब्धका आधिनमा भएर नै फल दिने गर्दछन् ।
    मनुष्यले आफ्नो प्रारव्ध आफनै पुरुषार्थले निर्माण गर्न सक्षम हुन्छ । तसर्थ पुरुषार्थको पनि जिवनमा महत्वपूर्ण भुमिका रहन्छ । जति पुरुषार्थहरु गरिन्छन् सबै धार्मिक तवरले गर्नु पर्दछ । यो प्रसंग महर्षि वेदव्यासले निर्देश गर्नु भएको छ ।
    उध्र्वर्वाहुविरोम्वेष न च कश्चिच्छणोतिमे ।
    धर्मादर्थश्च कामश्च स किमर्थं न सेव्यते ।।
    अर्थातः दुवै हात उठाएर म सम्पूर्ण मनुष्यहरुलाई चेतावनी दिदै भन्दछु तर यो चेतावनीलाई कसैले पनि गम्भिरतापूर्वक सुनिरहेका छैनन् । धर्म द्धारा नै अर्थ र काम शिद्ध हुन्छ तर विडम्वना मनुष्य धर्मलाई पन्छाएर आफू अघि वढ्ने प्रयास गरिराखेको छ । यहाँ उदृत गरिएको धर्मले केवल पूजापाठआदि धार्मिक कृत्यहरुलाई मात्र इङ्कीत गर्न खोजिएको होइन किनकि धर्मको अर्थ व्यापक छ । तर आज धर्म भन्ने वित्तिकै “हरि ॐ तत्सत्” गर्नु मात्र हो भन्ने मानसिकता त्याग्नु उचित हुन्छ ।
    प्रारब्ध विना नपाई ने कुरा त छंदैछ तर कर्म प्रति अर्थात पुरुषार्थको विषयमा धर्मशास्त्रहरुले श्लोक, मन्त्र द्धारा पुरुषार्थ प्रति जागरुक वनाउदै उत्प्रेरित वनाइरहेका छन् । जस्तै “आलस्यहि महान् रिपुः ” “ उद्योग हिना पशुभिः समाना ” आदि
    पुरुषार्थ यी दुई मिले भने पक्कै पनि निश्चित लक्षमा सहजै पुग्न सक्छन् ।
    अन्त्यमा, व्यक्ति आफ्नो प्रारब्ध र पुरुषार्थद्धारा सुख र दुःख भोगिराखेको हुन्छ । कसैले पनि अरुको प्रारब्ध र पसरुषार्थलाई भोग्न सक्दैन । यसरी विचार गर्ने हो भने पूर्विय संस्कृत वाङ्मयमा कहीं कतै पनि भाग्यवादी भएर वस तिम्रो अगाडि आउँछ भनिएको छैन । पुरुषार्थ त गर तर प्रारब्ध पनि हुनु पर्दछ भनि दुईवटैको समानताको कुरा गरिएका छन् । तसर्थ हामीले हाम्रा संस्कृत वाङ्मयका सिद्धान्तलाई मनोमानी ढंगले वुझ्ने गरेका छौं । यसैकारण अल्झिनु परेको हो । धर्मशास्त्र हाम्रो दर्पण हो । यसलाई भलिभाति पढेर मनन गरेर जीवनलाई जीउने उत्तम तरिका सिक्नु पर्दछ । कृष्ण भगवानले माटो खानुको के भाव थियो त भन्दा मातालाई सर्वव्यापकताको दर्शन दिनु नै थियो । मातृभूमि प्रतिको प्रेमभावको शिक्षा दिनु थियो । आजका युवा पैतालाले देशको प्रत्येक भाग चाहारेनन् भने देशको रक्षा कवचको हुन्छ भनेर शिक्षा दिन खोजिएको थियो ।
    अन्ततः हामीले जीवन कसरी जिउने भन्ने कुराको उत्तरमा नीतिकारहरुले भनेका छन ः कसैलाई दुःख नदिईकन, कुनै निचको घरमा याचना नगरिकन, आफ्नो आत्मालाई नसताईकन ईश्वरकृपा र प्रारब्धले दिएको वस्तुमा सुखी वन्ने निश्चय गर्दै कर्तव्य निर्वाहरुपी पुरुषार्थ गरिनु पर्दछ ।
TOP