Thursday 12th March 2026

सबै किसिमका धार्मिक पुजा सामग्री एकै ठाँउमा

काठमाडौं।नेपालमै पहिलो पटक धार्मिक तथा पुजा सामग्री एकै ठाँउमा पाउने सुविधा उपलव्ध हुने भएको छ।विभिन्न धार्मिक,सांस्कृतिक तथा रितिरिवाजमा चाहिने पुजा र धार्मिक समग्री सुलभ तरिकाले उपलव्ध गराई सेवा दिने उद्देश्यले धार्मिक ई–कमर्श प्लेटफर्म मार्फत गुरुमञ्जरी समूहलेशुक्रबार सेवा सुरु गरेको छ।
सो समुहले पूजा गर्दा कुनै सामग्रीको कमि नहोस भन्ने उद्देश्यले विदेशमा समेत सेवा दिनेगरी शुक्रबार सेवा सुरु गरेको हो।समुहले विशेषगरी विभिन्न साईजका नेपाली कलात्मक घरमा राख्ने मन्दिर,तुलसीको मोठ (महिरो),विवाह,व्रतबन्ध,क्रियाकर्म,नामाकरण (न्वारान),घरपूजा, शिलान्यास,नवग्रह,जन्मोत्सव,सत्यनारायण पूजा,श्राद्द सामग्री,सम्पूर्ण पूजाभाडा सेट,चाडपर्व विषेश सामग्रीहरु उपलव्ध गराउने जनाएको छ।

त्यस्तै (दुर्गा पूजा) का लागी जमराको जौदेखि सम्पूर्ण सामग्री, हरितालिका पूजा,लक्ष्मीपूजा (सप्तरङ्गी र मखमली माला सहितको टीकादेखि लक्ष्मीपूजाको सम्पूर्ण सेट),नेवार समुदायमा प्रयोग गरिने म्हः पूजा सामग्री सेट,र अन्य धार्मिक प्रयोजनको लागि प्रयोग हुने पूजा सामग्रीहरु पनि उपलव्ध हुनेछन्।

विशेषगरी अरु समग्र सामग्रीहरुमा ब्राण्ड ईक्युटी पाइने भएपनि धार्मिक क्षेत्रमा भने कुनै ब्राण्डिङ नभएकोले यसको सुरुवात पनि आफुहरुले गर्ने प्रयास गरेको कम्पनीका कार्यकारी प्रमुख हरिहर ढुङ्गानाले बताउनुभयो ।उहाँले यसबाट पूजाको लागि यजमानलाई सामग्री किन्ने तथा छनौट गर्ने समस्या रहदैन तथा पूजा गराउने पण्डित गुरुजीहरुलाई पनि चाहिने सबै सामग्री एउटै बट्टामा पाउदा धेरै सजिलो हुने विश्वास व्यक्त गर्नुभयो ।
साथसाथै गुरुमञ्जरीद्वारा धार्मिक अनुष्ठानहरुमा प्रयोग हुने शाकाहारी क्याटरिङ सेवा पनि दिइने उहाँले जानकारी दिनुभयो । साथै विदेशमा रहेका हरुका लागी अन्य प्याकेज कार्यक्रमहरु पनि रहेको छ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...