Thursday 22nd January 2026

नि:शुल्क अन्तर्राष्ट्रिय योग शिक्षक परीक्षा !!

विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजले अष्ट्रेलियाबाट आयोजना गरेको अन्तर्राष्ट्रिय योग शिक्षक प्रशिक्षण पश्चातको परिक्षा योग गुरु आचार्य राजन शर्माद्वारा भर्चुअल माध्यामबाट गरिने भएको छ। दुई सय घण्टाको महाशक्ति योग तेस्रो चरणको अध्यापन पूरा गरि साउन ८ र ९ गते अर्थात जुलाई २३ र २४ मा परीक्षा हुने भएको हो। यसमा २००देखि १५०० घण्टासम्म योग प्रशिक्षण , नित्य ,योगाभ्यास मुद्रा आयुर्वेद लगायत विश्वका योगा अलाइन्सबाट मान्यताप्राप्त पाठ्यक्रम, विश्वका विश्वविद्यालयबाट अनुसन्धान र ऋषि मुनिहरूको ज्ञानलाई शास्त्रीय रुपले प्रमाणित गराई रोग अनुसारको योग,संस्कृत, खगोल,गणित, वाककला,प्राथमिक उपचार, वास्तु विज्ञान,अङ्ग्रेजी भाषा, तन्त्र,ध्यान, उपनिषद,वैदिक गणित,अध्यापन गराई २०२५ सम्ममा ५ हजार योग शिक्षक बनाई नेपाललाई योग गुरू गन्तब्यको देश बनाउने प्रमुख लक्ष्य रहेको छ। यसका साथै सामाजिक कार्यमा कोभिड्को बेला र बाढी पीडितलाई सहयोग र विभिन्न संघसंस्थासँग सहकार्य, समन्वय गर्दै अगाडि बढिरहेको विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजका नेपाल संयोजक दीर्घराज गिरीले कवचलाई जानकारी दिनुभयो।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...