Wednesday 11th March 2026
राजनीतिक तरलता बिच पूर्व राजाको भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिँदै !!

फोटो साभार : नागरिक न्यूज
कवच बिशेष सम्बाददाता –
पूर्व राजा ज्ञानेन्द्र वीर बिक्रम शाह भारतको पवित्र धार्मिक स्थल हरिद्वारमा सम्पन्न कुम्भ मेलामा सहभागी भइ नेपाल फिर्ता भएपछि नेपालको राजनीतिक तहमा यो बिषयले तरंगीत बनाएको छ। राजनीतिक अस्थिरता र ठूला दलहरू बिच फुट्,सत्ताका लागि जुटको खेलका कारण आजित जनस्तरमा यसलाई अर्थपूर्ण पहलका रुपमा पनि चर्चा गर्न थालिएको छ भने केही राजनीतिक बिष्लेषकले यसलाई बैकल्पिक राजनीतिक ध्रुबको रुपमा चर्चा गर्न थालेका छन् । राजनीतिक दलहरूको सत्ता लिप्सा र लोकतान्त्रिक ब्यबस्थालाई दुरुपयोग गरी पद र सत्ताको खेलमा लाग्ने राजनीतिक दलहरूको गतिविधि बिच भएको पूर्व राजाको यो विशेष र पृथक भारत भ्रमणको बास्तबिकता र प्रभाव हेर्न भने केही दिनका गतिविधि नियाल्नै पर्ने हुन्छ। यसैबीच बैधानिक हिन्दू धर्म,राजतन्त्रको पुनरबहाली लगायतका मुद्दामा अडिग रहेकोे विश्व हिन्दू महासंघले पूर्व राजाको भ्रमणलाई आधिकारिक रुपमा स्वागत गरेको छ। औपचारिक रुपमा बिज्ञप्ति जारी गर्दै हिन्दु सम्राटका रुपमा आमन्त्रण गरि पूर्विय दर्शन ,सभ्यता संस्कृतिकाे आदर्श र मूल्य मान्यतालाई अक्षुण राख्दै सम्पूर्ण हिन्दु धर्मावलम्बीकाे अभिभावक र हिन्दु धर्मको संरक्षककाे रुपमा बिशेष स्वागत गरि भव्यताका साथ शाही स्नानमा सहभागी गराई हर्षाेल्लासका साथ कुभ्म मेला सम्पन्न भएकोमा नेपालीहरु गाैरवान्ति भएको बताउँदै यस्ताे महत्त्वपूर्ण कार्यले सम्पूर्ण हिन्दु धर्मावलम्बीको हाैसला बढेको बताएको छ।
महासंघकी महासचिव अस्मिता भण्डारी द्वारा हस्ताक्षरित बिज्ञप्तिमा श्री पंचायती अखडा निरन्जनीका पिठाधिश्वर आचार्य महामण्डलेश्वर श्री कैलाशानन्द गिरीजी , भारत उत्तराखण्ड सरकार तथा सम्पूर्ण , सन्त ,महन्त मठाधिश , पिठाधिस लगायत हिन्दु ऊँकार परिवारलाई धन्यवाद ब्यक्त गरिएको छ।यता आधिकारिक रुपमा भ्रमणको प्रशंसा र स्वागत हुनु उता बिश्व हिन्दू महासंघ, बाँसबारी र कलंकी बिच यसै साता औपचारिक एकता हुनुले भने केही न केही संकेतका रुपमा हेर्नुपर्ने राजनीति जानकारहरू बताउँछन् ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
