मच्छिन्द्रनाथको रथयात्राका क्रममा भएको झडप प्रति विश्व हिन्दू महासंघको आपत्ति !

विश्व हिन्दु महासंघले रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा ललितपुरमा स्थानीय युवाहरू र प्रहरीबीच भएको झडपको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कोभिड १९ को विषम परस्थितिमा आयोजक गुठीले आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिने कार्य गरेकोप्रति सरकारले सहजिकरण गरिदिनु पर्नेमा अनुमती समेत नदिनु दुखद् कुरा भएको महासंघका महासचिव अस्मिता भण्डारीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
बिज्ञप्तिमा धर्म, संस्कृति, परम्परा र सामाजिक सद्भावलाई कायम राख्दै आयोजक पक्ष अगाडि बढ्नु कर्तव्य भएको उल्लेख गर्दै रातो मच्छिन्द्रनाथको रथयात्रा क्रममा भएको झडपका कारण घाइते हुनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यसैक्रममा पक्राउ गरिएका सम्पूर्णलाई बिना शर्त रिहाइको माग पनि गरिएको छ ।