Friday 1st May 2026
देबि घिमिरेको मनझोलि लोकार्पण

काठमाडौँ । उपन्यास “मनझोली” भव्य समारोहबीच साहित्यकार , गितकार, गजलकार देबि घिमिरे को पाँच वर्षको निरन्तर साधना र साहित्यिक यात्राको सार्थक परिणति स्वरूप उपन्यास “मनझोली” विशेष समारोहका साथ लोकार्पण गरिएको छ। वरिष्ठ साहित्यकारहरूको गरिमामय उपस्थितिमा सम्पन्न उक्त कार्यक्रम प्रा.डा. हेमनाथ पौडेलको प्रमुख आतिथ्यमा तथा शंकर भारतीको अध्यक्षतामा आयोजना गरिएको थियो।

कार्यक्रममा उपन्यास का प्रमुख पात्र झै लागे श्रद्धेय बयोबृद्द दाताराम घिमिरे र नरमाया घिमिरेसहित विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उपन्यासमाथि संगीतकार/साहित्यकार सन्तोष श्रेष्ठ, साहित्यकारद्वय निमग्ना घिमिरे र टि. एन. भट्ट ‘विश्वामित्र’ले गहन टिप्पणी प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको उद्घोषण गीतकार देवी पराजुलीले कुशलतापूर्वक गर्नुभएको थियो।
साहित्यप्रेमीहरूको उत्साहपूर्ण सहभागिताले कार्यक्रम अझ अर्थपूर्ण बनेको थियो।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
