Thursday 30th April 2026

विष सेवनबाट मन्त्रीका स्वकीय सचिवको मृत्यु

काठमाडौं । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाले विष सेवन गरेर आत्महत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।प्रहरीका अनुसार कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा उनको सोमबार राति मृत्यु भएको हो । धादिङको धुनीबेसी नगरपालिका-९ घर भएका ३६ वर्षीय थापा कलंकीस्थित साथीको कोठामा अचेत भेटिएका थिए । थापाले कलंकीस्थित साथीको डेरामा दिउँसो २ बजे विषादी सेवन गरेको प्रहरीले बताएको छ ।सुमेरु सहकारीका विषयमा गत आइतबार सार्वजनिक भएको अडियोका सन्दर्भमा थापाको नाम घटनामा जोडिएको प्रहरीको भनाइ छ । सहकारीको पैसा लेनदेनको विषयमा आफूलाई जोडिएको र त्यसले आफ्नो बेइज्जत भएको उल्लेख गर्दै थापाले एक पत्र छोडेका थिए । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...