Wednesday 4th March 2026

हङ्कङमा राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड दान गरिदै

आज हङ्कङमा राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड दान गरिदै,महाबिर पुनसंग बृहत अन्तरक्रिया गरिने। राष्ट्रिय आविष्कार केन्द्रका परिकल्पनाकार डा. महाबीर पुनले समय ,बुद्धि र आर्थिक अनुदान एकैसाथ लान सकेमा मात्र परिकल्पना साकार हुन सक्ने बताउनुभएको छ।

आज हङकङ नेपाल व्यापार संघले आयोजना गर्ने महादान अभियानको पूर्व तयारी छलफलका क्रममा उहाँले सो कुरा बताउनुभएको हो। ब्यापार संघको अगुवाइमा आज हङ्कङ स्थित स्काउट भवनमा रहेको बि पि एन्टरनेशनल होटलको भब्य समारोह बिच च्यारिटी डिनरको आयोजना हुदैछ। सो बृहत कार्यक्रममा महाबिर पुनःले आफूले परिकल्पना गरेको अभियानको बृहत जानकारी दिनुहुनेछ। उहाँले आफ्नो हङ्कङ बसाइ अत्यन्त छोटो भएकाले यसै कार्यक्रममा सबैलाई उपस्थित भइ सहयोग र समन्वय गर्न आग्रह पनि गर्नुभएको छ। आज आयोजना हुने यस भब्य कार्यक्रममा संचारकर्मी शिरोमणि दवाडी र पूर्व मिस नेपाल सुगरिका केसीले महाबिर पुनसंग बृहत अन्तरक्रिया संचालन गर्नेछन। आयोजक हङकङ नेपाल ब्यापार संघले यो कार्यक्रमलाई हङ्कङमा रहेका नेपालीलाई एकताबद्ध भै सहयोगमा जुट्ने अवसरका रुपमा पनि लिएको बताएको छ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...