Tuesday 10th March 2026

आज ३०३ औं पृथ्वी जयन्ती

काठमाडौं ।आज ३०३ औं पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइएको छ।

शनिबार बिहान सिंहदरबारको पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरी ३०३ औं पृथ्वी जयन्ती मनाइएको हो।
यसका साथै देशभर विभिन्न कार्यक्रम आयोजना गरी जन्मजयन्ती मनाइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका थिए।

माल्यार्पणसहित नेपाली सेनाको टोलीले पृथ्वी नारायण शाहप्रति सम्मान प्रकट गरेका थिए।

हरेक वर्ष पुस २७ गते काठमाडौंमा भव्यताका साथ पृथ्वी जयन्ती मनाइन्छ।
काठमाडौं । आज शनिबार देशभर पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती मनाइँदै छ । पृथ्वीनारायण शाहलाई आधुनिक नेपालका निर्माता मानिन्दै आइएको छ ।

विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीबाट जन्मिएका पृथ्वीनारायण शाह १७९९ चैत २५ गते गोरखाको राजा भएका थिए ।पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौं उपत्यका विजय हासिल गरे । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाए ।

बाइसे–चौबीसे राज्यहरूलाई एकीकरण गरेर सिंगो नेपाल बनाएका कारण उनलाई राष्ट्रनिर्माता भनिएको हो ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...