Tuesday 10th March 2026
विश्व ध्यान दिवसमा नेपाल महर्षि वैदिक फाउण्डेसनले ध्यान अभियान सन्चालन गर्ने
संयुक्त राष्ट्रसंघद्वारा घोषणा गरिएको विश्व ध्यान दिवसको अवसरमा भोली २१ डिसेम्बरमा नेपालमा पनि सामूहिक ध्यानको कार्यक्रम हुने भएको छ। नेपाल महर्षि वैदिक फाउण्डेसनले भोली विश्व ध्यान दिवसको अवसरमा देशव्यापी सामूहिक भावातीत ध्यान सहितको कार्यक्रम आयोजना गरेको छ। भोली विहान ८ः४५ बजेदेखि महर्षि वैदिक इन्स्टिच्युट, ब्रह्मानन्द सरस्वती ग्राममा भने विशेष सामूहिक भावातीत ध्यान सहितको कार्यक्रम आयोजना गरिएको फाउण्डेसनले जनाएको छ ।

यसैगरी महर्षि अभियानको विश्वव्यापी संस्था विश्व शान्ति राष्ट्रम्ले पनि प्रत्येक देशको टाइमजोनका आधारमा लगातार ३२ घण्टासम्म सामूहिक भावातीत ध्यान तथा सिद्धिको अभ्यासको कार्यक्रम तय गरेको छ । आज राजधानीमा पत्रकार सम्मेलन गर्दै फाउण्डेशनले सबै ध्यानी तथा सिद्धहरूलाई भावातीत ध्यान केन्द्रहरूले आयोजना गरेको सामूहिक ध्यानमा सहभागी हुन सार्वजनिक आह्वान गरेको हो । साथै सामूहिक ध्यानमा सहभागी हुन अनुकूल नभएमा जुम प्रविधिमार्फत अनलाइनबाट अन्तर्राष्ट्रिय सामूहिक ध्यानमा सहभागी हुन सकिने व्यवस्था गरिएको छ । नेपाल महर्षि वैदिक फाउण्डेसनले सबै ध्यानीहरूलाई देशभरका भावातीत ध्यान केन्द्रहरूमा सहभागि हुन सकिने जनाएको छ।
ग्लोवल मदर डिभाइन तथा देशभर सञ्चालित ९० वटा गुरुकुलहरूमा पनि भोली शनिबार बिहानको रुद्राभिषेक पछि ८ः४५ बजे सामूहिक ध्यानको आयोजना हुनेछ । त्यसैगरी नेपाल सरकारले पनि डिसेम्वर २१ मा ध्यान दिवस मानउने निर्णय गरिसकेको छ । संयुक्त राष्ट्रसंघको विशेष कार्यक्रम, २० डिसेम्बर २०२४ मा न्यू योर्क सिटीमा आयोजना भएको छ । यसका प्रमुख वक्ता डा. टोनी नादरले २१ डिसेम्बरमा एक अद्वितीय, निरन्तर चल्ने वैश्विक सामूहिक ध्यानको कार्यक्रम पनि सञ्चालन गर्नुहुनेछ कार्यक्रम रहेको आयोजकले जनाएको छ। नेपालमा भने बिहान ८ः४५ बजे र साँझ ५ः४५ बजे ध्यान गरिने छ । यो वैश्विक सामूहिक ध्यान न्यूजील्याण्डबाट सुरु भएर पश्चिमतिर बढ्दै ३२ घण्टासम्म चल्नेछ र हवाईमा समाप्त हुने बताइएको छ ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
