Friday 1st May 2026
पुष १२ गतेदेखि मध्यपुर महोत्सव हुने
भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले यही पुष १२, १३ र १४ गते ‘मध्यपुर महोत्सव–२०८१’ आयोजना गर्न लागेका छन् ।
विहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै पर्यटनलाई स्थानीय विकासको साझेदार बनाउनु पर्दछ र स्थानीय सम्पदालाई रोजगारी एवम् आयसँग जोडेर अर्थतन्त्रस गतिशिल एवम् प्रगतिशिल बनाउन सकिन्छ भन्ने अवधारणामा ‘मध्यपुर महोत्सव–२०८१’ को आयोजना गर्न लागेका जानकारी दिएका हुन् ।
मध्यपुर थिमि नगरपालिकाले बिहीबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै नगरको स्थानीय कला, संस्कृति र सम्पदाको प्रवद्र्धन गर्ने उदेश्यका साथ आगामी पुष १, १३ र १४ गते मध्यपुर महोत्सव आयोजना गर्न लागिएको जनाएको हो ।
महोत्सवमा मध्यपुरथिमिको पहिचान झल्काउने सांस्कृतिक प्रस्तुतिका साथै स्थानीय पेशा, व्यवसाय, मौलिक उत्पादन, हस्तकला, माटोका भाँडालगायत प्रदर्शन गरिने मध्यपुर थिमि नगरपालिकाका प्रमुख एवं मध्यपुर महोत्सव मूल समारोह समितिका संयोजक सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।थिमि शंखधरचोकदेखि नगदेश र बोडे हुदै तिगनीको नीलवाराहीसम्मका ऐतिहासिक बस्तीक्षेत्रलाई प्रदर्शनी स्थलको रुपमा प्रस्तुत गरिने उहाले बताउनुभयो ।
महोत्सवका क्रममा नगरका बिभिन्न स्थानमा करिव ४ सय स्टल रहने आयोजकले जनाएको छ भने स्थानीय मौलिक कला संस्कृति अन्तर्गतका २५ वटा बिभिन्न नाँच देखाइएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
