Friday 1st May 2026

नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा निर्मला शर्माकाे जित

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा निर्मला शर्मा विजयी भएकी छन्। मधेस प्रदेशबाहेक अन्य प्रदेशमा मत गणना सकिँदा उनले निकटतम प्रतिद्वन्द्वी रमेश विष्टलाई एक हजार १४४ मतान्तरले पछि पारेकी छन्।

मधेसमा ७७२ मत खसेको छ जुन शर्माले लिएको अग्रताभन्दा कम हो। पछिल्लो मतगणनाअनुसार शर्माले ३ हजार ९ सय ७३ मत पाउँदा विष्टको पक्षमा २ हजार ८ सय २९ मत देखिएको छ। शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट अध्यक्षकी उम्मेदवार हुन्। अन्य पदाधिकारीमा पनि शर्माकै प्यानल अगाडि देखिएको छ।

शर्माको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, महासचिवमा रामप्रसाद दाहाल लगायतका पदाधिकारीहरूले अग्रता लिइरहेका छन्। नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय सन्चारग्राममा विजय र्‍यालीको तयारी भैरहेको छ।अन्तिम मत परिणाम भने आइतबार मात्र औपचारिक रुपमा सार्वजनिक गर्ने तयारी छ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...