Friday 1st May 2026

सय वर्षिय आमाद्वारा “जेईको सम्झना” विमोचन

दाङ । साहित्यकार सुरेश कुमार पाण्डेद्वारा लिखित ‘जेईको सम्झना’ लघुकथासङ्ग्रहको एक कार्यक्रमका बीच घोराहीको मालाइन होटलमा लोकार्पण गरिएको छ।
राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार तथा पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष पुरुषोत्तम खनाल तथा शताब्दी महिला क्वारीदेवी भण्डारीको विशिष्ट अतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
प्रमुख अतिथि शर्माले पुराना कुरालाई रचनात्मक शैलीमा जीवन्तता दिने काममा सर्जकले न्याय गरेको बताए । उनले नेपाली समाजको अवस्थाबारे कृतिका माध्यमबाट उजागर गर्ने काम गरेर पठनीय सामग्री तयार पारेको भन्दै खुशी प्रकट गरे ।
उक्त कृतिको समिक्षा चन्द्रबहादुर थापा र नारायणप्रसाद श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा कृतिका सर्जक सुरेशकुमार पाण्डेयले कृति रचनाका बारेमा अनुभव सुनाएका थिए । उनले कृति बिक्रीबाट संकलित रकम सामाजिक काममा लगाउने बताए ।
१०८ पृष्ठ रहेको ूजेईको सम्झनाू लघुकथा सङ्ग्रहमा ५४ वटा लघु कथा समावेश गरिएको छ । पारिवारिक, सामाजिक, राजनीतिक, मनोविज्ञान, सांस्कृतिक, रोजगारका पक्षलाई लघु कथाले उजागर गरेको समिक्षकको भनाइ छ । कथा, कथा विधा, यसका आयामलगायत विषयमा समिक्षकले चर्चा गरेका थिए ।

राप्ती साहित्य परिषद् दाङ शाखाकी सहसचिव वीणा रोकाको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रममा सचिव घनश्याम केसीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। संस्थाको तर्फबाट पुस्तकका लेखक साहित्यकार सुरेशकुमार पाण्डेलाई प्रशंसापत्रले सम्मान गरिएको थियो ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...