Tuesday 3rd March 2026
गायिका गीता पाण्डेको ‘चाहेको बाटो’ गीत सार्वजनिक
काठमाडौं । गायिका गीता पाण्डेले स्वराङकन गरेको ‘चाहेको बाटो’ गीत सार्वजनिक भएको छ । वरिष्ठ गीतकार भैरब नाथ रिमाल ‘कदम’को शब्दमा शुभ बहादुर सुनामको संगीत,देवेन्द्र नेवाको संगीत संयोजन साथै गायिका गीता पाण्डेको स्वराङकन रहेको छ ।
वरिष्ठ गीतकार कदमले लेखेको ‘जुन फूल मैले चाहेको थिएँ’, ‘उदास मेरो जीवन कथा’ लगायत गीत चर्चित छन् । वरिष्ठ संगीतकार सुनाम ५५ वर्षदेखि सुनाम नेपाली संगीतमा सक्रिय थिए ।
स्याक्सोफोनमा उनको विशेष दख्खल थियो । उनले अघिल्लो पुस्ताका नारायण गोपाल, तारा देवी, प्रेमध्वाज प्रधानदेखि अहिलेका नयाँ पुस्ताका गायिका गीता पाण्डे लगायतसँग काम गरेका सफल गीतकार, रचनाकार र एरेन्जर पनि हुन् ।
‘चाहेको बाटो’ गीतलाई म्युजिक भिडियोमा उतारिएको छ । म्युजिक भिडियोलाई पूजा ठकुरीले निर्देशन साथै एडीट साङ्ग्रिला क्रिएसनले गरेका छन् । गायिका गीता पाण्डे र दिनेश कडायतले गीतमा अभिनय गरेका छन् ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
