Wednesday 4th March 2026
१ हजारको सहभागितामा रोलिङ स्टोन मेला सम्पन्न
काठमाडौं ।करिब १ हजार जना अभिभावक तथा विद्यार्थीको उपस्थितिमा ‘रोलिङ स्टोन मेला’ सम्पन्न भएको छ । द रोलिङ स्टोन्स स्कुल भीमसेनस्थानको अयोजनामा ‘रोलिङ स्टोन मेला’ सम्पन्न भएको हो ।
प्रत्येक वर्ष विद्यार्थीलाई मनोरञ्जन, मौलिक खानाको परिकार खुवाउने उद्देश्यले मेला आयोजना गरेको विद्यालयले जनाएको छ। मेलामा विद्यार्थीहरूले विज्ञान प्रदर्शनीसमेत गरेका थिए। कार्यक्रममा मःमः, योमरीजस्ता नेवारी खानाका परिकार रखिएको थियो। विद्यार्थीहरूलाई मनोरञ्जन प्रदान गर्ने विभिन्न खेल सामग्री पनि राखिएको थियो।
शनिबार एक दिन चलेको कार्यक्रममा स्कुलका विद्यार्थीका साथी तथा वरपरका स्थानीयको पनि सहभागिता रहेको थियो। विद्यार्थी मोबाइलमा मात्र व्यस्त हुने र साथीभाइसँग घुलमेल नहुने भएको हुनाले यस्ता मेलाको आयोजनाले विद्यार्थीमा सिर्जनात्मकताको विकास हुने विद्यालय व्यवस्थापनले जनाएको छ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
