Friday 1st May 2026

लिंगो ठड्याएर शुरू भयो इन्द्रजात्रा

काठमाडौं । वसन्तपुरमा आइतबार बिहान इन्द्रध्वजा ठड्याएसँगै काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा शुरू भएको छ ।

बिहान ८ बजेर २६ मिनेटको साइतमा इन्द्रध्वजा उत्थान गर्दै यस वर्षको इन्द्रजात्रा आजदेखि शुरू भएको हो ।

हनुमानढोका दरबार अगाडि इन्द्रध्वजा ठड्याएपछि औपचारिक रूपमा इन्द्रजात्रा शुरू हुने परम्परा छ । हरेक वर्ष भदौ शुक्ल द्वादशीका दिनदेखि एक हप्तासम्म मनाइने येँया भनिने इन्द्रजात्रा आउँदो असोज ५ गतेसम्म चल्नेछ ।

यस्तै, असोज १ गते मंगलवार कुमारी रथ यात्रा प्रारम्भ हुनेछ । असोज २ गते बुधवार माथिल्लो टोलमा रथ यात्रा हुन्छ । असोज ५ गते शनिवार नानिचा यात्रा हुन्छ । त्यसै दिन राति १० बजेर ३१ मिनेटको साइतमा इन्द्रध्वज ढालेपछि जात्राका कार्यक्रम सकिन्छन् ।

कुमारी इन्द्रजात्राको अवसरमा पर्सि असोज १ गते काठमाडौं उपत्यकामा सार्वजनिक बिदा रहेको छ ।

आजैदेखि इन्द्रजात्रामा प्रदर्शन गरिने मजिपाः लाखे, हल्चोकको आकाश भैरव, किलागलको पुलुकिसि, देवी नाच, महाकाली नाच, आकाश भैरव, समयबजी सजाएर राख्ने लगायतका परम्परागत सांस्कृतिक मूर्ति, नाच लगायतका धार्मिक गतिविधि हुने गर्दछन् ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...