Saturday 18th April 2026

एमबीबीएस भर्नाका लागि लिइएको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक (नतिजा सहित)

 काठमाडौँ । चिकित्सा शिक्षा तर्फ स्नातक तह (एमबीबीएस) अध्ययनका लागि लिइएको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको छ । शुक्रबार विहान चिकित्सा शिक्षा आयोगले नतिजा सार्वजनिक गरेको हो।

चिकित्सा शिक्षा आयोग कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समितिको मिति २०८१।०५।१४ गतेको संयुक्त बैठकको निर्णयबाट योग्यता क्रम अनुसार प्रकाशन गरिएको बताइएको छ।

परीक्षार्थीले आफ्नो प्रोफाइलमा समेत प्रकाशित नतिजा हेर्न सक्ने गरी व्यवस्था मिलाइएको बताइएको छ। न्यूनतम शैक्षिक योग्यता हासिल नगरेका तथा उत्तर पुस्तिकामा रोल नम्बर र प्रश्न पत्र सेटको बबल नभरेका वा बबल गलत भरेका उम्मेदवारका उत्तर पुस्तिकाहरू रद्द गरिएको छ।

शैक्षिक सत्र २०८१/०८२ मा चिकित्सा शिक्षा स्नातक तह भर्नाका लागि विद्यार्थी छनौट गर्न मिति २०८१ भदौ १ गते परीक्षा सञ्चालन गरिएको थियो। एकीकृत प्रवेश परीक्षामा सम्मिलित उम्मेदवारहरूमध्ये योग्यताक्रमका आधारमा भर्ना पाउनेछन्।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...